नेपालमा यसकारण लकडाउन आवश्यक छैन

  पत्रपत्रिका खबर  124 पटक हेरिएको

कोरोनाको सुरुवातको समय अनुसार डव्लूयचओले भनेको थियो अवको केहि महिना भित्र संसारका दुइ करोड मानिसको मृत्यु हुनेछ । तर अहिले सम्म ४३,७६,४९३ कोरोना संक्रमित भेटिएका र २,९४,४८७ मानिसको मृत्युको आँकडा ल्याएको छ, अर्थात ६.७३ प्रतिशत मृत्यु देखाइएको छ । के बाकी ९३.२७ प्रतिशतमा मानिस कोरोना मुक्त हुन सके भने अरु पनि कोरोनाबाट बाच्न नसक्लान् ? यहि मृत्यु भएका मानिसलाई लिने हो भने पनि के ग्यारेण्टि छ कि यो देखाइएको मृत्यु केवल कोरोना संक्रमण बाट मात्रै हो ?

इटलीको मृत्युलाई नेशनल हेल्थ इस्टीच्यूट अफ इटली कै रिपोर्टमा प्रस्ट भनिएको छ कि, ४८.६ प्रतिशत मानिसमा कोरोना बाहेक ३ वटा अन्य बिमारी थिए, २६.६ प्रतिशत मानिसमा कोरोना बाहेर २ वटा अरु बिमारी थिए, २३.५ प्रतिशत मानिसमा कोरोना बाहेक अरु १ वटा बिमारी थिए अव बाँकी केवल १.२ प्रतिशत १३८० मानिस मात्र कोरोनाका कारण मरेका छन् ।

अझै बिस्तारीत रुपमा जान Euromomo.eu बेवसाईट मा गई इटली वा अन्य देशको बिगत ५ बर्षको मृत्युदर हेर्न सकिन्छ । यस आँकडालाई संसारको मृत्युमा तुलना गर्नेहो भने केवल १ं.२ प्रतिशत मात्र कोरोना बाट मृत्यु भएको देखिन्छ अर्थात ३,५३३ मानिस मात्र कोरानाका कारणले मरेका रहेछन् । फरक यति हो कि अहिले मृत्यु अन्य जुनसुकै रोगका कारणले भएको भएता पनि कारण कोरोना देखाइ तुरुन्त मिडियामा ल्याइएको छ ।

अव एउटै प्रश्न को जवाफ खोजौं के २०१८ वा २०१९ मा इटाली वा अमेरिकामा कुनै न कुनै फ्लूबाट मानिसको मृत्यू भएको थिएन ? २०१८ मा इटालीमा प्रति महिना ५२,७३८ र २०१९ मा ५३,३६२ मानिसको मृत्यू भएको थियो दैनिक लगभग १८,०० मानिस । अमेरिकाको एक मेडिकल जर्नलका अनुसार अमेरिकामा हरेक बर्ष यहि मौसममा ५ देखि ८ लाख मानिस इण्फ्लूइण्जा जस्तै रोग इण्फ्लूइण्जा लाईक इलनेस बाट अस्पताल भर्ना हुने गर्छन् कोरोनालाई पनि यहि इण्फ्लूइण्जा लाईक इलनेस कै क्याटेगरिमा राखिएको छ र यसको मृत्यूदर लगभग २ प्रतिशत रहने गर्छ । अमेरिकामा यस बर्ष पनि यसै मौसममा अस्पताल जानेको अनुपात यहि नै छ ।

लकडाउन गरिएका देशको संक्रमण प्रतिशत ५.६५ र मृत्यु प्रतिशत ६.७३ देखिएको छ । लकडाउन नगरिएका देशको संक्रमण प्रतिशत ३.४२ र मृत्यु प्रतिशत ०.८६ देखिएको छ । नेपाललाई हेर्दा कूल जनसंख्या ३ करोडलाई नै कोरोना जाँचियो भने पनि । यो असम्भव कुरा हो तर पनि बिष्लेशण गर्दा :- परिस्थिती १ : पूर्ण लकडाउन गर्दा । संसारको सर्बाधिक संक्रमण अनि सर्बाधिक मृत्यु दरलाई लिदा । संसारको खराव परिस्थिती मा संक्रमण दर ५.६५ र लकडाउन गर्दाको मृत्यु दर ६.७३ लाई अध्ययन बिश्लेषण गर्दा नेपालको संक्रमण संख्या १६,९२,१४४ र मृत्यु संख्या १,१३,८६२ देखिन्छ । जुन असम्भव छ ।

परिस्थिती २: पूर्ण लकडाउन गर्दा । संसारको संक्रमणको अत्यधिक दर अनि लकडाउन नगर्दाको मृत्युदर लिंदा । संसारको खराव परिस्थितीको संक्रमण दर ५.६५ प्रतिशत र लकडाउन नगर्दाको मृत्यु दर ०.८६ प्रतिशत अनुसार अध्ययन बिश्लेषण गर्दा कूल संक्रमण संख्या १६,९२,१४४ र मृत्यु संख्या १४,५२१ हुने अनुमान लगाउन सकिन्छ ।

परिस्थिती ३ : लकडाउन नगर्दा । संसारकै लकडाउन नगर्दाको डाटा लिंदाको अवस्था । संसारका पूर्ण लकडाउन नगरेका देशहरुको डाटा अनुसार नेपालमा पनि पूर्ण लकडाउन नगर्दा संक्रमण दर ३.४२ र मृत्यु दर ०.८६ अनुसार अध्ययन बिश्लेषण गर्दा संक्रमण संख्या १०२५,८९२ र मृत्यु संख्या ८,८०३ अनुमान लगाउन सकिन्छ ।

परिस्थिती ४ : नेपालको संक्रमण दर अनि संसारको अधिकतम मृत्यु दर लिंदा । नेपालको संक्रमण दर १.१७ प्रतिशत र लकडाउन नगर्दा संसारको मृत्यु दर ६.७३ अनुसार संक्रमण संख्या ३,५०,९४३ र मृत्यु संख्या २३,६१४ अनुमान लगाउन सकिन्छ ।

परिस्थिती ५ : नेपलको संक्रमण दर अनि संसारको लकडाउन नगर्दाको अवस्थामा । नेपालको संक्रमण दर १.१७ प्रतिशत र संसारका पूर्ण लकडाउन नगरेका देशहरुको मृत्यु दर ०.८६ अनुसार नेपालमा पनि लकडाउन नगर्दा नेपालको संक्रमण संख्या ३,५०,९४५ र मृत्यु संख्या ३,०१२ अनुमान लगाउन सकिन्छ ।

माथिका पाँचै वटा परिस्थितीको बिश्लेशण अनुसार तीन करोड जनता मध्ये अधिकतम मृत्यु १,१३,८६२ जून असम्भव छ, देखि न्यूनतम ३,०१२ मानिसलाई मृत्युबाट जोगाउन सकिन्छ भन्ने मनगढन्त चाहना एकातिर छ भने बाँकीका न्यूनतम जनसंख्या २ करोड ९९ लाख भन्दा बढी जनतालाई त्रास अनि अन्य बिभिन्न जोखिममा राख्नु कत्तिको बुद्धिमानी हो ?

यो समयमा ५ सय ९० जनाले आत्महत्या गरिसके । कैयौं गर्भवती महिलाहरुले उपचार नपाउँदा ज्यान गुमाउन पर्यो । कैयौं जनताको सम्पत्ति लिलाम हुदैछ । कैयौंको जागिर गुम्यो । कैयौं जनता पैदल यात्रा मैं कोशौं हिडेर घर पुगे । खाने कुरा नपाएर भोकमरी को सिकार भए । काला बजारी मौलायो । मानसिक रोगीहरु दिनानुदिन बढ्दैछन् ।

कैयौं क्वारेण्टाइनमा बसेका महिलाहरु बलत्कार हुन पुगेका छन् । अस्पतालले अहिले अरु बिरामी जाँचेको छैन जसबाट मानिस दिनानुदिन रोगले थलिदै गइरहेका छन् । कोरोनाका बिरामीका लागि बनाइएका अस्पतालका बेडमा पनि भर्ना पाएका छैनन् । बिदेशमा कैयौं नेपाली अलपत्र परेका छन् । लाखौं बिद्यार्थी एसइइ, कक्षा ११, कक्षा १२ तथा अन्य तहको तयारीमा थिए उनीहरु अन्यौलमा छन् । नेपालमै पनि अलपत्र परेका मानिस अव थलिंदैछन् । अझ तराइका जिल्लाहरुमा कफ्र्यु लगाइएको छ । बाहिर कोहि मानिस निस्कन नपाउने भनिएको छ ।

मानिसले साधारण जिवीको पार्जन गर्न पैसा भए पनि खाद्यान्न खरिद गर्न पाएका छैनन् । यस अवस्थामा के उचित होला ? के कुनै पनि संक्रमणको सिमीत अनि न्यूनतम प्रभाव बाट जोगिइन्छ भन्दैमा अत्यधिक जनसंख्यालाई अवहेलित गर्नु कति उचित होला ? यस लकडाउन पछिको आर्थिक अधोन्नतीका बारेमा सोंचिएको छैन ? पोष्ट लकडाउनमा कति मानिस आत्महत्या गर्नेछन् ? कुनै अनुमान लगाउन सकिन्छ ? यसरी समग्र तथ्याङ्क हेर्दा मेरो बिचारमा लकडाउन आवश्यक छैन । पोखरा न्युजबाट साभार ।
लेखक -उपेन्द्र अधिकारी,
मोटिभेसनल स्पिकर, बिश्लेषक ।
सिइओ, अवाकस मेण्टल म्याथ,
[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार