दुइ चिनिया जहाज आफ्ना ३६४ नागरिक बोकेर फर्किए

  पत्रपत्रिका खबर  85 पटक हेरिएको

चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश गएका हुन्। एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए ।

यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्न ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए । नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् । यसै क्रममा चाइना साउथर्नको जहाज चीनको गोन्जाओ उडान भर्ने क्रममा रनवेको टर्निङ पेडमा धावन मार्गको लम्बाई नपुग्दा घुम्‍न नसकेपछि उडानमा समस्या आएको थियो ।

वर्षाका कारण दक्षिणबाट उत्तरतर्फ उ,ड्न खोजेको जहाज कोटेश्वरतिरको रनवेको टर्निङ पेडमा पुगेपछि मु,ख घु,मा,उ,न समस्या भएको थियो। त्यसपछि केही समय जहाज त्यही रो,,कि,ए,को थियो। त्रिभुवन विमानस्थल कार्यलयका अनुसार टोबार मेशिन ल्याएर मुख फर्काएपछि उडान भएको छ। उडान भर्ने क्रममा विमान मो,ड्ने क्रममा जहाज धावन मार्गको लम्बाई नपुगेकाले समस्या भएको थियो ।

विमानस्थलका अनुसार विमानस्थलको ३०० मिटर धावन मार्ग बिस्तारको काम भइरहेकाले घुम्ने स्थान पर्याप्त नभएको जानकारी पहिले नै दिइएको थियो । घुम्न नसकेको विमानलाई गाडीको सहायतामा सिधा बनाएपछि विमान उडेको विमानस्जाथल का एक कर्नमचारीले बताए ।सामान्यतया:नर्थबाट साउथ उ,डा,न भर्ने गर्छन् जहाजहरुले । तर बिहीबार पानीको कारण साउथबाट नर्थ उड्ने क्रममा यस्तो घ,ट्ना भएको हो। जहाजलाई कुनै पनि क्षति नभएको कर्णले बताए। नेपालमा अड्किएका चिनियाँ यात्रु लिन यो जहाज काठमाडौं आएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार