मास्क बनाउनमा व्यस्त अभिनेत्री विद्या

  पत्रपत्रिका खबर  121 पटक हेरिएको

कोराना संक्रमण फैलिरहेका बेला भारतमा मास्कको अभाव छ । अभिनेत्री विद्या बालनले आफ्ना प्रशंसकलाई घरमै मास्क बनाउन सकिने उपाय सिकाइरहेकी छिन् । हालै उनले आफ्नो इन्स्टग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले ब्लाउजको टुक्राबाट केही मिनेटमै मास्क बनाएकी छिन् ।

‘घरेलु मास्क हरेकले प्रयोग गर्न सक्छन्,’ भिडियोमा उनले भनेकी छिन्, ‘यस्तो मास्क सारी, स्कार्फबाट पनि बनाउन सकिन्छ । घरेलु मास्क प्रयोग गरी सुरक्षित रहन सकिन्छ । आफ्नो र परिवारको सुरक्षा गर्न सकिन्छ ।’

भारतमा लकडाउन भएयता विद्याले समय समयमा जागरुकता फैलाउने भिडियो पोस्ट गर्दै आएकी छिन् । गरिब जनताको सहायता गर्न सबैसँग आग्रह गरेका भिडियो सेयर गरिरहेकी छिन् ।

केही समयअघि सामाजिक सञ्जालमा एक महिला सफाइ कर्मचारी र स्वास्थ्यकर्मीलाई धन्यवाद भनेको भिडियो सार्वजनिक भएको थियो । लकडाउनका बेला बढेको घरेलु हिंसाविरुद्ध लड्न उनले अनुरोध गरेको भिडियो पनि सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार