झिलिमीलि दीप प्रज्वलन फोटो सहित

 172 पटक हेरिएको

बाजुरा सहीत देश व्यापी रुपमा दीप प्रज्वलन गरिएको छ । सरकारले साँझ दीप प्रज्वलन गर्न मुलुकभरका नागरिकलाई आह्वान गरे अनुसार घर घरमा दीप प्रज्जवलन गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू अग्र भागमा बसेर काम गरिरहेका छन् । बुद्ध जयन्तीका दिन घरमा नै बसेर दीप प्रज्वलन गर्न सरकारले आग्रह गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटर देखि प्रत्येक नेपाली नागरिकको घर घरमा दीप प्रज्वलन गरिएको छ । गौतम वुद्ध प्रतिको गौरव र कोरोनाको लडाइमा लडिरहेका यौद्धाहरुको सम्मानका लागि दीप प्रज्जवलन गरिएको हो । फोटो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार