जब मलाई थाहा भयो कि मेरो शरीरमा यो’नी नै छैन

  पत्रपत्रिकाबाट  423 पटक हेरिएको

डाक्टरले त उनलाई महिनावारीसँग सम्बन्धित एउटा सामान्य प्रश्न त सोधेका थिए । डाक्टरको त्यो सामान्य प्रश्नले केन्यन जुलियन पिटरलाई उनी गर्भाशय (वम्ब), गर्भाशय ग्रिवा (सर्भिक्स) र योनीबिना नै जन्मिएको भन्ने थाहा भयो । केनयन जुलियन पिटर अहिले २९ वर्ष पुगेकी छिन् । केही वर्ष अघि उनले आफ्नो वास्तविकता बारे थाहा पाएकी थिइन् र उनले यसबारे बीबीसी संवाददाता एने नगूनीसँग कुराकानी गरेकी थिइन् । यहाँ उनको कथा उनकै शब्दमा भनिएको छ ।

मेरो जन्म एमआरकेएच नामको एक अवस्थासहित भएको हो । यो यस्तो अवस्था हो जसमा महिलाको शरीरमा गर्भाशय र योनी हुँदैन । यतिमात्रै होइन, यो अवस्थामा शरीरमा एउटा मृगौलामात्रै हुन्छ । एमआरकेएच भएका महिला कहिले पनि महिनावारी हुँदैनन् । मेरो शरीरमा गर्भाशय छैन त्यसकारण म कहिले पनि महिनावारी हुन सक्दिनँ । तर यदि तपाईंलाई यो असामान्य लाग्छ कि म भन्न चाहन्छु कि यो निकै सामान्य कुरा हो र आफूलाई यस्तो भएकोमा मलाई कहिले पनि पीडा महसुस हुँदैन ।

मानिसहरुले मेराबारे विभिन्न धारणा बनाउँछन् ।‘उनीहरुलाई जे लाग्छ, त्यो भन्न सक्छन्’कतिले मलाई मेरो स्थितीका लागि कतै गएर प्रार्थना गर्न भन्छन् । म उकंबनी (एउटा यस्तो प्रान्त जो रुढीवादी तरिकाले जादु टुनासँग सम्बन्धित छ) की भएकोले यसो हुनु मेरी हजुरआमासँग कुनै न कुनै सम्बन्ध हुनसक्ने कतिले बताएका छन् ।जसलाई जे लाग्छ, त्यो भन्न सक्छन् तर वास्तवमा म कुन कुरालाई कसरी लिन्छु भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि मैले उनीहरुको सबै कुरा सुन्न थालेँ भने उनीहरुको सबैकुराले मलाई असर पुर्याउँछ ।

त्यतिबेला सायद म १७ वर्षकी थिइन् र स्कूलमा पढ्थेँ । त्यो समयमा मलाई थाहा भयो कि मेरो शरीर एक भिन्न अवस्थामा छ । त्यो दिन मेरो खुट्टामा समस्या थियो, तसर्थ अस्पताल गएकी थिएँ । मेरो खुट्टा सुन्निएको थियो । डाक्टरलाई भेट्दा सबैभन्दा पहिलो उनले मेरो पछिल्लो महिनावारी कहिले भएको थियो भनेर प्रश्न गरे ।मैले उनलाई आफू कहिले पनि महिनावारी नभएको बताएँ । उनीहरुले स्क्यान गरे । स्क्यान गरेर जुन पहिलो तस्बिर आयो त्यसमा मेरो यौनाङ्ग पूर्ण रुपमा बन्द भएको देखियो । मैले यो खोल्नका लागि शल्यक्रिया गर्नुथियो । शल्यक्रिया त भयो तर सफल हुनसकेन ।

म शल्यक्रिया गराउन इच्छुक थिइनँ-त्यसपछि अर्को स्क्यान गरियो जसमा स्पष्ट रुपमा देखिएको थियो कि मेरो शरीरा गर्भाशय र योनी थिएन । त्यतिबेला नै थाहा भयो कि यो स्थितीलाई एमआरकेएच भनिँदो रहेछ । यसबारे पहिलो पटक थाहा पाउँदा म निकै रोएँ तर दोस्रो र तेस्रो दिनमा म यो पीडाबाट उत्रिएँ । त्यतिबेला म १७ वर्षकी मात्रै थिएँ । १७ वर्ष भनेको सानै उमेर हो । म त्यतिबेला स्कूल फर्कन चाहन्थेँ । म अस्पतालमा थिएँ र मेरी आमा मसँग हुनुहुन्थ्यो । जब उहाँलाई यसबारे थाहा भयो तब उहाँ स्तब्ध हुनुभएको थियो । एक्लो अभिभावकको रुपमा उहाँले आफैंलाई प्रश्न गर्न थाल्नुभयो । उहाँले यसमा आफ्नो गल्ती खोज्न थाल्नुभयो ।

मैले बायोलोजी पढेकी थिएँ त्यसकारण डाक्टरले भनेको सबैकुरा मैले बुझिरहेको थिएँ । मैले डाक्टरलाई शल्यक्रिया गर्न नचाहेको र कुनै पनि अवस्थामा आफ्नो पढाई पूरा गर्न चाहेको बताएँ । त्यसको १० वर्षपछि म अस्पताल पुगेँ र त्यसपछि गरिएको शल्यक्रिया सफल रह्यो । मलाई जुन प्रकारको एमआरकेएच थियो त्यसको सिधा अर्थ यो हो कि मेरो शरीरमा योनी छैन । गर्भाशय छैन र मेरो शरीरमा एउटा मात्रै मृगौला छ । मेरो शरीरमा योनी नली पनि थिएन जुन बनाउनु पर्दथ्यो । मेरो जीवन सामान्य थियो किनभने एमआरकेएचका कारण मेरो जीवनमा कुनै पनि असर परिरहेको थिएन ।

आइभीएफका लागि-तर केही व्यक्तिका लागि यो भावनात्मक रुपमा विचलित गरिदिने किसिमको पनि हुनसक्छ र कतिले आफ्नो यो अवस्था स्विकार्नका लागि मनोवैज्ञानिकको पनि सहयोग लिनुपर्ने अवस्था निम्तिन सक्छ । तब तपाईं यस्तो स्थितीसँग जुधिरहनुभएको छ भने तपाईंले आमा बन्ने सपना त्याग्नुपर्छ । मेरो थप चार स्क्यान गरियो र थाहा भयो कि मेरो शरीरमा अण्डाशय नै छैन त्यसकारण यस्तो अवस्थामा म आइभीएफका लागि पनि अण्डा प्राप्त गर्न सकिँदैन । तपाईं जस्तो हुनुहुन्छ तपाईंले उसैगरी आफूलाई स्विकार्नुपर्छ । तर जब तपाईंलाई आफू अन्य साधारण महिलासरह छैन भनेर थाहा हुन्छ तब थोरै मुश्किल अवस्था सृजना हुनसक्छ ।

त्यतिबेला तपाईंलाई कसैसँग कुरा गर्न मनलाग्छ । केन्यामा मैले यस्ता थुप्रै मानिसहरुलाई भेटेकी छु जसलाई यही समस्या छ । मैले उनीहरुलाई भेटेकी छु र हामीले हाम्रो अनुभव एक–अर्कासँग साझा गर्यौं । मैले निकै सुरुवाती समयमा नै आफ्नो स्थिती र आफू स्विकारेकी थिएँ, त्यसकारण अब म पूर्ण रुपमा ठिक छु । आफ्नो पार्टनरलाई यसबारे बताउनु-म विभिन्न व्यक्तिसँग सम्बन्धमा रहिसकेकी छु । तर म आफ्नो सम्बन्धलाई अघि बढाउनुअघि आफ्नो स्थितीबारे स्पष्ट पारिदिन चाहन्थे । यदि उनीहरुले यसलाई स्विकार गर्न चाहन्छन् भने गर्छन् । तर तपाईंलाई थाहा छ कि मानिस त मानिस नै हुन्छ । मैले यस्ता थुप्रै मानिस भेटेँ जसले मेरो स्थितीबारे थाहा भएपछि मबाट टाढा भए ।

धेरैले मैले झुटो बोलेको भन्ने ठाने, कतिले उनीहरुबाट छुटकारा पाउन मैले यस्तो नाटक गरेको पनि बताए । अहिले म कसैसँग पनि सम्बन्धमा छैन तर म मान्छु कि जे भइरहेको छ, त्यो भगवानकै इच्छाअनुरुप भइरहेको छ । यौनसम्बन्धको कुरा गर्नुपर्दा मैले सन् २०१८ मा ‘भजाइनल क्यानल’ बनाउनका लागि शल्यक्रिया गरेँ । शल्यक्रिया गरेको एक वर्ष बितिसकेको छ । तर अहिले नै म यौनसम्बन्धका लागि तयार छैन । न नै म विवाह गर्नका लागि तयार छु । यदि मलाई कुनै बेला बच्चाको रहर लाग्यो भने म धर्मपुत्र–पुत्रीको रुपमा बच्चालाई स्विकार गर्नेछु ।

आमाबुवाको लागि सुझाव-आफ्नो कहानी सबैको अगाडि सेयर गर्नका लागि मैले हिम्मत जुटाउनु पर्यो र यसमा मलाई १० वर्षको समय लाग्यो । धेरै मानिसहरुलाई एमआरकेएच के हो थाहा छैन, यसबारे म जागरुकता फैलाउन चाहन्छु । सबैभन्दा पहिलो यो अवस्थाबाट जो व्यक्ति गुज्रिरहेका छन्, उनीहरुको आमाबुवालाई यो भन्न चाहन्छु कि जबसम्म तपाईंकी छोरी हुर्किन्नन् उनको शल्यक्रिया गर्नेबारे नसोच्नुहोस् । शल्यक्रिया गराउनुहोस् तर उनीहरु ठूलो भएपछि । यो प्रक्रिया निकै लामो र जटिल छ त्यसकारण उनीहरु आफैंले यसबारे बुझ्न जरुरी छ ।

यो निकै पीडादायी हो र बच्चाले आफूमाथि के भइरहेको छ, त्यो राम्रोसँग नबुझ्न पनि सक्छ । एक अभिभावकको रुपमा तपाईंले पनि यसबारे पूरा अनुसन्धान गर्नुपर्छ ता कि आफ्नी छोरीलाई उनको स्थितीबारे पत्ता लगाउनका तपाईंले उनलाई मद्दत गर्नुहोस् ।

मलाई सहयोग गर्न मेरा वरिपरि थुप्रै मानिसहरु छन् तर मैले यस्ता समस्या भएका थुप्रै महिलासँग कुरा गरेको छु । तीमध्ये धेरै महिला विवाहित छन् र उनका सासु–ससुराले उनीहरुसँग बच्चाको माग गरिरहेका छन् । एक महिलालाई त उनका सासु–ससुराले उनी एक महिला नभई पुरुष भएको भनेर गालीसमेत गरे । हामीले उनको कुरा ध्यानपूर्वक सुन्यौं र उनलाई उत्साहित गर्यौं । यो एक मुश्किल यात्रा हो र यसमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एकले अर्कालाई सहयोग गर्नु हो । एजेन्सी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार