नेपालीहरुको लागि दुखको कुरा : एकाएक केपी अोली विरामी परे

  मूलधार सम्वादाता  732 पटक हेरिएको

काठमाडाैं-  पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । अध्यक्ष ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार सोमबारदेखि ओली झाडा पखालाले ग्रस्त भएका हुन् ।

विरामीका कारण अध्यक्ष ओली हिजो (सोमबार) कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएको सचिवालयले जनायो।

विरामी भएका ओलीलाई चिकित्सकहरुले औषधी दिएको र केही दिन घरमै आराम शुझाएका कारण ओली घरमै आराम गरेर बसेको दिएको निजी सचिवालयले बताएको छ ।

अहिले उनकोअवस्था निरन्तर सुधार भैरहेको जनाईएको छ । आज पनि अध्यक्ष ओली निजि निवास बालकोटमै आराम गरिरहेका छन् ।बिगुल न्युज बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार