राष्ट्रिय सभा सदस्यहरुको कोरोना परीक्षण हुने

  मूलधारपोष्ट  110 पटक हेरिएको

काठमाडाैं ।  संघीय संसदका राष्ट्रिय सभा सदस्यहरुको पीसीआर बिधिबाट बिहिवार कोरोना परीक्षण हुने भएको छ । पर्सिबाट सुरु हुन लागेको संसद बैठकअघि नै सांसदहरुमा कोरोना भए नभएको पुष्टि गर्नका लागि परीक्षण गर्न लागिएको संसद सचिवालयले जानकारी दिएको छ ।

बैशाख २६ गतेबाट सुरु हुने संघीय संसदको वर्षे अधिवेशनको अघिल्लो दिन भोलि २५ गते संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि राष्ट्रिय सभाका सांसदहरुको पिसिआर जाँच गरिने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका सञ्चार विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि आवश्यक किट माग,
प्रदेश ५ सरकारले कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि आवश्यक किट माग गरेको छ । कोभिड–१९ विपद व्यवस्थापन केन्द्र (सीएमसी) को आज बसेको बैठकले नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी देखिएकोले परीक्षणको दायरा बढाउन पर्ने भन्दै आवश्यक किट, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र औषधि माग गरेको हो ।

बैठकले यी सामग्री उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले संयोजन गर्ने निर्णय गरेको छ । बाँकेको नेपालगञ्जमा मात्रै २३ जना र रुपन्देहीमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेश ५ कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको छ ।

बैठकले कोभिड–१९ को उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत प्रयोग गर्ने निर्णय पनि गरेको छ । कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने पनि निर्णय भएको छ । वैठकले नेपाल–भारत सीमामा थप जनशक्ति परिचालन र सुरक्षाकर्मीलाई आवश्यक सामग्री व्यवस्था गर्न गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार