नेपालभारत सिमामा खटिएका १ जना स’शस्त्र प्रहरीको मृ’त्यु

  पत्रपत्रिका खबर  196 पटक हेरिएको

लकडाउन कार्यान्वयन गराउन नेपाल भारत सीमामा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृत्यु भएको छ । भारतसँग सीमा जोडिएको सप्तरी जिल्लाको को बोदे बर्साइन नगरपालिका वडा नं ९ को देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको बेहोस मृत्यु भएको बताएको छ ।

सशस्त्र प्रहरीका कार्यरत कार्की ड्यूटीमा खटिएकै बेलामा मृत्यु भएको सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालले जानकारी दिए । उनका अनुसार कार्की ड्यूटी गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो ।

‘अन्य कारण अहिले खुल्न सकेको छैन’ उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ । साभार अनलाइन खबर । प्रतिकारात्मक तस्विर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार