लकडाउनको समयावधि थप्ने वा खुकुलो बनाउने बारे भोली सिफारिस गरिने

  मूलधारपोष्ट  190 पटक हेरिएको

कोरोना रोकथामका लागि मुलुकभर आह्वान गरिएको बन्दाबन्दी खुकुलो पार्ने वा कडाइका साथ लागु गर्ने भन्ने बारेमा कोरोना रोकथाम उच्चस्तरीय समितिले भोलि मात्र सरकारलाई सिफारिस गर्ने भएको छ ।

सोमबार बसेको समितिको बैठकमा हालसम्म बन्दाबन्दीको प्रभावका बारेमा समीक्षा गरिएको भए पनि अझैँ गृहकार्य जारी राख्ने निष्कर्षका साथ बैठक सकिएको छ । भोलि पनि समितिको बैठक बसेर मन्त्रिपरिषद्लाई आवश्यक सिफारिस गरिने समितिले जनाएको छ ।

बन्दाबन्दीलाई कडाइ गरिएको प्रहरीको भनाइ,
बाँकेको नेपालगञ्जस्थित एकैटोलमा १६ जनालाई कोरोना सङ्क्रमण देखिएपछि देशभर जारी लकडाउन अर्थात बन्दाबन्दी अझ कडा पारिएको प्रहरीले जनाएको छ । नेपालगञ्जमा धेरै सङ्ख्यामा कोरानो सङ्क्रमित फेला परेपछि त्यहाँबाट देशका अन्य ठाउँमा पनि सङ्क्रमण फैलिन सक्ने भएकाले आवतजावतमा अझ कडाइ गरिएको प्रहरीले जनाएको हो ।

धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका नेपालगञ्जको क्षेत्रदेखि अर्को जिल्ला, प्रदेश र सीमा नाकासम्म आवतजावतमा कडाइ गरिएको प्रहरीले जनाएको छ । नेपालगञ्जमा कोरोना सङ्क्रमित बढेपछि सरकारले बन्दाबन्दीलाई बढाउने तर जोखिमका क्षेत्रहरू छुट्याउने तयारी गरेको छ ।

तर कोरोना सङ्क्रमित भएका जिल्लाबाट लुकिछिपि काठमाडौं आउनेको सङ्ख्या पनि बढिरहेको छ । प्रहरीले नाकामा कडाइ गरेको बताए पनि विशेषतः रातिको समयमा काठमाडौं आउनेहरू बढेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार