जिल्ला अस्पताल बझाङमा एक महिलाको मृ’त्यु

  मूलधारपोष्ट  164 पटक हेरिएको

बझाङ । जिल्लाको साइपाल गाउँपालिका वडा नं‌ १ धलौन घर भएकी दिर्घरोगी एक महिलाको नियमित खाने औषधि नपाएर सोमबार बिहान मृ’त्यु भएको छ । साइपालको धलौन घर भएकी ४७ वर्षीया कंकादेवी बोहराको त्यहिको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

उनको स्वास्थ्य समस्या देखिएपछि डेरा वरपर बस्ने छिमेकीले उनलाई पिठ्युँमा बोकेर दुई दिनअघि जिल्ला अस्पताल ल्याएको थियो । उनले छिमेकीको सहयोगमा काठमाडौंबाट औषधि मगाउने गरेकी थिइन। लकडाउनमा औषिध मगाउन नसकेपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बोहराले औषधि नपाएरै मृत्यु भएको बताए। डाक्टर ओखेडाले भने,’ मुटुको भल्भ समस्या भएकी बोहराले नियमित खानुपर्ने औषधि दुई हप्ता अघिदेखि नपाएर खान छोडेको रहेछ, गम्भीर अवस्थामा अस्पतालमा आएकी बोहरालाई जति प्रयास गर्दा पनि बचाउन सकिएन ।

मुटुको भल्भमा समस्या भएकी बोहराले विगत ६ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएकी थिइन् । विगत एक वर्षदेखि सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएकी कंका बोहराले खाने गरेको औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार