फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

  मूलधार सम्वादाता  352 पटक हेरिएको

काठमाडाैं-  नेपाल आयल निगमले एक महिना पनि नहुँदै पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी भाउ बढाएको हो ।

निगमले यसअघि गत मंसिर २२ गते पेट्रोलियमको मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ र हवाईमा प्रतिलिटर तीन रुपैयाँ बढाएको छ ।

बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मट्टितेल ७९ रुपैयाँ र ग्यास सिलिन्डरको १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । यसैगरी, हवाई इन्धन आन्तरिक प्रतिलिटर ९० रुपैयाँ र अन्तर्राष्ट्रिय प्रतिकेएल ९ सय अमेरिकी डलर पुगेको छ । स्वचालित मूल्यप्रणाली अनुसार नै भाउ बढेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार