जगन्नाथले जिल्ला बाहिर रहेकालाई राहत वितरण

  मूलधारपोष्ट  180 पटक हेरिएको

बाजुरा । जिल्लाको जगन्नाथ गाँउपालिकाले जिल्ला बाहिर देशका बिभिन्न ठाउँमा समस्यामा परेकालाइ राहत बितरण गर्ने भएको छ । पालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाँउपालिका भित्र स्थायी घर भई हाल अध्ययन,कामको शिलशिला र रोजिरोटीका लागि जिल्ला बाहिर रहेकाहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रत्येक वडा बाट आएको लगतलाई गाँउपालिकाले तिन वटा मापदण्ड नोकरी,जनप्रतिनिधि,उद्योग र व्यापार व्यवसाय गरिरहेका घरधुरी बाहेकका व्यक्तिलाई राहत दिने निर्णय भएको छ । बैठकले प्रति व्यक्ति रु २ हजारका दरले राहत बितरण गर्ने निर्णय गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

एकै घरका सदस्य भएमा प्रति सदस्य थप रु ५ सयका दरले थपेर दिने निर्णय भएको गाउँपालिकाले बताएको छ । गाँउपालिका भित्रका नागरिकलाई स्थानिय सरकार भएको महसुस भन्ने हिसावले एक महिनाको ग्यास र एक कठ्ठा चामल बराबरको रकम जिल्ला बाहिर रहेका व्यक्तिका अभिभावकको नागरिकता र परिचय पत्र राखेर भर्पाइ गरि बुझाउने र अभिभावक सहित बाहिर रहेका व्यक्तिका हकमा उनिहरुलाइ जुन ठाँउमा रहेका छन,सोही ठाँउमा बैंकिङ्ग प्रणालि मार्फत उपलब्ध गराउने निर्णय गरिएको जगन्नथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताएका छन् ।

जिल्ला बाहिर ज्याला मजदुरी गरेर खाने १० जना सम्म परिवार भएका घरधुरीले ६, हजार ५ सयका दरले दिने गाउँपालिकाको निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीले बताएका छन् । राहत पाँउनेमा रोजिरोटीका लागि कैलाली, काठमाण्डौ, संखुवासभा र झापा सम्म पुगेका नागरिकलाई राहत वितरण गरिने अध्यक्ष शाहीले बताएका छन् ।

लकडाउनका कारण गाँउपालिका भित्र समस्यामा परेका अति विपन्न ९२ घरधुरीलाइ ३० किलो चामल वडा कार्यालयले १र२ दिनमा वितरण गर्ने निर्णय गरेको छ । राहत वडा नं १ मा १६,वडा नं २ मा १५, वडा नं ३ मा १६,वडा नं ४ मा १४,वडा नं ५,मा १६ र वडा नं ६,मा १५ घरधुरीलाई छनौट गरिएको गाउँपालिकाले बताएको छ । जो जुन ठाँउमा बसिरहेका छन,सोही ठाँउमा सुरक्षित तरिकाले बसुन र बाटोमा अलपत्र परेका नागरिकको उद्धार गाँउपालिकाले गर्ने निर्णय गरेको हो । फाइल तस्विर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार