कहाँ थिए किम जोङ्ग उन ? जो २० दिनपछि सार्वजनिक भए

  मूलधारपोष्ट  473 पटक हेरिएको

उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिनुभएको छ । उहाँको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी हुनुभएको हो ।

उनले रिबन काटेर कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ । समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । यसअघि उन १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिनुभएको थियो ।

भारतमा लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय,
भारतले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । हिजो भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘जोखिममा’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन ।

जोखिम कम रहेका स्थानमा भने केही खुकुलो छोडिने छ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘जोखिमयुक्त’ क्षेत्रमा परेका छन् । उत्तर प्रदेशका १९ जिल्लालाई पनि ‘जोखिमयुत्त’ घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार