चर्चित अभिनेत्री सिल्पा पोखरेलका ह’ट तस्वि’र

  पत्रपत्रिका खबर  213 पटक हेरिएको

नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् सिल्पा पोख्रेल । पछिल्लो समय व्यक्तिगत जीवनका कारण विवादमा रहेकी उनी छोटो समयमा नै चर्चाको शिखरमा पुग्न सफल अभिनेत्री हुन् । उनको जन्म सन् १९९३ डिसेम्बर २२, विराटनगरमा भएको थियो । उनले डेब्यु गरेको फिल्म लज्जा हो । फिल्म मंगलमबाट बेस्ट फिमेल अवार्ड समेत जितेकी उनले फिल्म निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् ।

उनलाई मनपर्ने अभिनेत्रीहरुमा निरुता सिंह, नम्रता श्रेष्ठ र दीपिका पादुकोण हुन् । विराटनगरबाट स्कुले पढाइ सकेकी उनले उच्च अध्ययनका लागि काठमाडौँ आएकी थिइन् । तर, काठमाडौँ आएपछि उनको प्राथमिकतामा मोडलिङ पर्यो । यसैमा उनले आफ्नो करिअर बनाइन् पनि ।

सिल्पाले सन् २०१६ जुलाई १३ मा फिल्म निर्माता छवि ओझासँग विवाह गरेकी थिइन् । तर, उनीहरुको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । आफ्नै श्रीमानबाट आफु पीडित भएको भन्दै उनी प्रहरीको शरणमा पुगेकी थिइन् । सिल्पा एक व्युटिसियन पनि हुन् । उनी पछिल्लो समय पनि म्युजिक भिडिया फिल्महरुमा व्यस्त रहेकी छिन् ।

आफ्नै श्रीमान छविराज ओझाले शिल्पाले पहिला नै अरुसँग विवाह गरेको आरोप पनि लगाएका थिए । उनीहरुको सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमा ठुलै खैलाबैला मच्चिएको थियो । पछि उनीहरुविरुद्ध नै जेठी श्रीमती हेमा ओझाले मुद्धा दर्ता गरेकी थिइन् । हाल उनीहरुबीचको यो मुद्धा अदालतमा चलिराखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार