१४ जना मजदुर हिडेरै कैलालीको यात्रा

  मूलधारपोष्ट  177 पटक हेरिएको

बाजुरा । सरकारले बन्दाबन्दीको समयलाई बढाउँदै गएपछि पछिल्लो समय घर फर्कनेहरु बढिरहेका छन् । जिल्ला भित्रिने र बाहिर जाने क्रम बढिरहेको छ । बाजुरा जिल्लाका विभिन्न ठाउमा ज्याला मजदुरी लागि आएकाहरु पनि घरतिर छन् ।
गाडीभाडा तिर्नका लागि पैंसा नभएपछि कैलाली जिल्लाका १४ जना मजदुर बाजुरा बाट हिटेरै कैलाली गएका छन् ।

सदरमुकाम मार्तडीमा रहेका बिभिन्न विकासे आयोजनामा काम गर्न आएका कैलाली जिल्लाका बिभिन्न स्थानिय तहका १४ जना भने हिडेर कैलाली जान लागेको कैलालीको बडदगरिया गाँउपालिका मजदुर बिरेन्द्र कठरियाले बताउनुभयो ।

आफुहरु सँग एकजना सँग ३ सय सम्मपनि पैंसा नभएपछि चाउचाउ खाएर भएपनि घर जान लागेको वहाँको भनाई छ ।
सोमबार साँझ बाजुराबाट कैलालीका लागि हिडेको बुधवार दिउसो अछाम र बाजुराको सिमाना पुगेको बताएका छन् । राति १ घण्टा बाटोमा आराम गर्ने गरेका छौं, रातदिन लगाएर हिडिरहेको बिरेन्द्रको भनाई छ ।

प्रमुख जिल्ला  धिकारीलाई पास माग्दा गाडि खोज्नुहोस् पास दिन्छु भनेको हो, गाडी रिजर्भ गर्नका लाई पैंसा नभएपछि हिडेर आफ्नो घर कैलाली हिडेरै जान लागेको वहाँहरुको भनाई छ । गोजीमा एकजनासंग दुई देखि तिन सय भन्दा बढि नरहेको र भोक भोकै भएपनि घर पुग्ने गरि गएको उनिहरुले वताएका छन् ।

अछाम पुगिसकेपछि बाजुरामा मान्छे पुयाएर आएको बस फिर्ता गएको तर प्रहरीले पास बिना गाडिमा चढ्न नदिएको उनीहरुको भनाई छ । यता प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने पास बनाईदिन्छु, भनेको हो उनिहरुले पैंसा छैन भनेपछि हिडेर गएको बताउनुभयो ।

आफुले त भनेको हुँ कोही गाडी आएमा त्यसैमा हालेर पठाईदिन्छु भनेको हो पैंसा छैन्, भनेपछि हिडेरै कैलाली गएको प्रजिअ न्यौपानेको भनाई छ । आफुहरुसंग भएको पैंसा एक महिनासम्म खाएर सकियो, अलिहे खल्तीमा गाडीभाडा समेत नभएपछि हिडेर भएपनी घर जानुपरेको मजदुरको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार