कलाकार सुवास कार्की विलासेलाई कोरोना संक्रमण

  मूलधारपोष्ट  560 पटक हेरिएको

चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चा कमाएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्दै आएको घरमा नै आइसुलेसनमा राखिएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किए । तर, सुवासले नेपाल आउने मन गरेनन् । रोग लागिहाले पनि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी त्यहीँ बसेका थिए ।

सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासको एक छोरा र एक छोरी छन् ।

कोरोना जितेर घर फर्किनेको संख्या १० लाख नाघ्यो,
विश्वभर कोरोनाभाइरस संक्रमण भएर निको हुनेको संख्या १० लाख नाघेको छ । अहिलेसम्म संक्रमित भएका ३२ लाख १८ हजारमध्ये १० लाख जना निको भएका छन् ।

सबैभन्दा बढी अमेरिकाका संक्रमित निको भएका छन् । त्यहाँ संक्रमितको संख्या पनि ठूलो छ । अहिलेसम्म १० लाख ६४ हजार संक्रमित भएकामध्ये एक लाख ४७ हजार निको भएका छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर दुई लाख २८ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा ६१ हजार ६५६ जनाको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा २३ सय ९० जनाको मृत्यु भएको छ । त्यसपछि बेलायतमा ७९५, स्पेनमा ४५३, ब्राजिलमा ४४८ र फ्रान्समा ४१८ जनाको मृत्यु भएको छ ।

मृत्युदर घटिरहेको स्पेनमा पनि पछिल्लो २४ घन्टामा ३२३ जनाको मृत्यु भयो । तर, चीनमा भने कसैको मृत्यु भएन। त्यहाँ २२ नयाँ संक्रमित फेला परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार