भी’रबाट लडेर गम्भिर घा’इते भएका कमलको मृ’त्यु

  मूलधारपोष्ट  186 पटक हेरिएको

बाजुरा । भिरबाट लडेर गम्भिर घाइते भएका जिल्लाको गौमुल गाँउपालिका वडा नं ४ कौडाकोटका १६ बर्षका कमल धामीकाे उपचारका लागि नेपालगंज लैजाने क्रममा बिच बाटाेमै मृत्यु भएकाे छ । जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्ने भए पछि नेपालगंज लैजाने क्रममा अछामकाे साफेबगर नजिकै मृत्यु भएकाे उनका आफन्तले बताएका छन् ।

गाँउ नजिकै जंगलमा बाख्रा चराउने बेला बुधवार दिउँसो भिरबाट लडेर गम्भिर चोट लागेकोले बिच बाटोमै मृत्यु भएको कमलका काका दिपक धामीले जानकारी दिएका छन्

लड्ने बित्तिकै आफन्तले जिल्ला अस्पताल बाजुरामा कमललाई पुर्याएको थियो । अस्पतालमा उपचार सम्भब नहुने भनेर रिफर गरेको भएपनि धामीकाे बिचबाटामै मृत्यु भइसकेकाे जानकारी भएकाे छ । आमाको मृत्यु भइसकेका कमलका बुवा कामका लागि काठमाडौ गएका थिए, लकडाउने उतै अलपत्र रहेका छन् ।

कमलको टाँउको फुटेर गिद्धि समेत बाहिर देखिएकोले यहाँ उपचार हुने सम्भाबना नै नरहेको भन्दै जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । टाँउकोमा गम्भिर चोट लागेकाले कमलको अबबस्था निकै चिन्ताजनक रहेको थियाे अस्पतालले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार