६ जना वडाध्यक्षले गरे उपप्रमुख तारा खाती र कर्मचारी तीलक थापालाई कारवाहीको माग

  मूलधारपोष्ट  321 पटक हेरिएको

जिल्लाको बुढीगंगा नगरपालिकाका ६ वटा वडाका अध्यक्ष र कार्यपालिका सदस्यद्धारा उपप्रमुख र कार्यरत कर्मचारी तीलक थापालाई कारवाहीको माग गरेका छन् । नगर प्रमुख दिपक विक्रम शाहलाई बुझाईएको नौ बुँदे माग पत्रको सुनुवाई नभएसम्म कुनैपनी बैठकमा सहभागि नहुने चेतावनी सहीत उपप्रमुख तारा खाती र लेखा फाँटमा कार्यरत कर्मचारी तीलक थापालाई कारवाहीको माग गरेका हुन् ।

नीति नियम विपरित निर्णय गर्न लगाएको र आफू अनुकुल निर्णय गराएको आरोप सहीत नेकपाबाट जितेका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सामुहीक हस्ताक्षर सहीत कारवाहीका लागि माग गरेको नगर प्रवक्ता एवं कार्यपालिका सदस्य माया शाहले बताएकी छन् ।

कामको सुनुवाई नगरिएको, विधिवत रुपमा कर्मचारी नचलेको र नियम विपरित गतिविधी गर्न उपप्रमुख स्वयमले कर्मचारीलाई साथ दिएको आरोप सहीत मागको सुनुवाई नभए सामुहीक राजीनामा दिने समेत पत्रका लेखिएको छ । बुढीगंगा नगरपालिका २, ३, ५, ६, ९ र १० गरि ६ जना वडाध्यक्ष लगायत कार्यपालिका सदस्य गरि १३ जनाको सामुहीक हस्ताक्ष गरी कार्यपालिकाका सम्पूर्ण बैठक मागको सुनुवाई नभएसम्म बहिष्कार गर्ने नगर प्रमुखलाई बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

२०७७ बैसाख ७ गते नगरप्रमुख समक्ष ज्ञापन पत्र र प्रमुख प्रशासकिय अधिकृतलाई पेश गरेको ध्यानाकर्षण पत्रको सुनुवाई नभएको उनीहरुको गुनासो छ । मन्त्रालयको सचिवस्तरको बैठक मिति २०७६ जेठ ७ गते गरेको निर्णय र प्रमुख प्रशासकिय अधिकृत नयाँ परिपत्र अनुसार खाता सञ्चालन गर्नु पर्ने र अन्य निर्णय मान्य नहुने वडाध्यक्षहरुको माग रहेको छ ।

लोक सेवा आयोगबाट कर्मचारी पदपुर्ती भइसकेपछि म्याद थप नगरी करार कर्मचारको तलव भुक्तानी गरेकोले यस बिषयमा कानुन बमोजिम कारवाही गरिनु पर्ने, उपप्रमुखले प्रशासन शाखा प्रमुख नरेन्द्र नाथको नाममा परिपत्र भएको भएपनि कार्यालयको छाप र लेटर चलाउन रोक लगाएको र स्पस्टीकरण समेत सोधीएकोले उपप्रमुखलाई कारवाहीको माग गरिएको छ ।

गएको असोज १२ गतेको निर्णय अनुसार तीलक थापा र प्रमुख प्रशासकीय अधिकृत सुनिल ठगुन्नाले लेखा परिक्षण गर्ने परिपत्र नै दिएर लेखा परिक्षण स्वयमलाई गर्न लगाएको विषयमा छानवीन गरिनु पर्ने, टिपर र जेसीबी खरिद गर्ने निर्णयमा तिलक थापाले बाइक किन्ने निर्णय थप गरि खरिद गरिएकोले नियम अनुसार कारवाही गरिनु पर्ने माग समेत पत्रमा उल्लेख गरिएको छ ।

यस्तै प्रशासन पाँचौ तहमा कार्यरत कर्मचारी खेमराज अवस्थी अविवाहीत भएपनि निजलाई विवाहीत भएको र श्रीमति सुत्केरी भएका भन्दै कागज सहीत सुत्केरी विदा दिनेलाई कारवाही गर्न माग गरेका छन् । भने लेखा फाँटमा लोकसेवा बाट आएका कर्मचारीलाई बाइपास गरेर समायोजनबाट आएका कर्मचारीका नाममा खोलिएको खाता बन्द गरिनु पर्ने माग राखेका छन् ।

यसैगरी दुर्गम विकास क्षेत्र कार्यक्रममा छैटौ तहमा कार्यरत तीलक थापालाई बढुवा सहीत सातौ तहमा समायोजन गरिएको प्रमाण देखाउनु पर्ने र नरेन्द्र नाथको स्पष्टीकरण लिने नाममा गोप्य पत्रलाई उपप्रमुख र तीलक थापाको फेसबुकबाट बाहिरिएकोले दुबैलाई कानुन अनुसार कारवाही गर्न माग उनीहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार