झुण्डीएर युवतीले गरिन आत्म हत्या

  मूलधार सम्वादाता  598 पटक हेरिएको

बाजुरा– हिमाली गाउँपालिका–६ बाँधुकी डोइला नेपालीले झुण्डीएर आत्म हत्या गरेकी छन् ।

बडिमालिका नगरपालिका–८ मा घर भाडामा लिई बसोबास गर्दै आएकी २८ वर्षीया डोइला नेपालीले सोमबार विहान खेटकाटीया भन्ने ठाउँमा काफलको रुपमा झुण्डीएर आत्म हत्या गरेकी हुन् ।

सोमबार विहानै दाउरा जाने भन्दै घर बाट निस्कीएकी नेपाली घरबाट निस्कीएको केही घण्टामै झुण्डीएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

डोइलाका श्रीमान रामलाल नेपाली नेपाली सेनामा कार्यरत छन् । धनुषा जिल्लामा कार्यरत रामलाल केहीदिन देखि घरपरिवार भेट्न बाजुरा आएका थिए । डोइलाका २ वटा सन्तान रहेका छन् । मृतको शब माइती पक्ष आइनपुगेसम्म ले झुण्डीएकै अवस्थामा प्रहरीले सुरक्षा दिई राखेको थियो ।

माइती पक्ष बुढीनन्दा नगरपालिका कोल्टीमा बसोबास गर्ने गरेका छन् । मृततको मंगलबार पोष्ट माटम गरिने बताईएको छ । आत्म हत्याको कारण बारे कुनै जानकारी नआएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार