१२९ जनालाई क्वारेन्टाइनमा राखियो

 145 पटक हेरिएको

बाजुरा । जिल्ला बाहिरबाट आउने थपिएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या १२९ जना पुगेको छ । लक डाउनका बीच पनि स्थानीय तह र सांसदहरुको पहलमा जिल्ला बाहिरबाट पठाइएका थपिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या १२९ जना पुगेको छ । जसमा बुढीगंगा नगरपालिकामा १८ जना, बडिमालिका नगरपालिकाको मालिका माविमा ६ जना, त्रिवेणीमा २१ जना, बुढीनन्दामा ६ जना, स्वामिकात्र्तिक गाउँपालिकामा ३४ जना, जगन्नाथमा २७ जना र गौमुलमा १२ जना गरी १२९ जना क्वारेन्टाइनमा रहेका छन् ।

जगन्नाथ र स्वामिकात्र्तिकमा सबैभन्दा बढी जिल्ला बाहिरबाट आउने गरेका छन् । स्वामिकात्र्तिकमा सोमबारमात्र २८ जना थपिएका छन् । गाउँपालिकालाई समेत भार थपिने गरी क्वारेन्टाइनमा बस्नेको संख्या देखिएको छ । गृह मन्त्रालयले लक डाउन खुकुलो नबनाउन निर्देश गरेपनि जबरजस्त जिल्ला बाहिरबाट आउनेक्रम बढेको छ ।

पढाई र कामको शिलशिलामा जिल्ला बाहिर रहेकाहरु पनि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान रहेकाले १२९ जना पुगेको स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।  पन्तका अनुसार लक डाउन खुकुलो बनाउने निर्देशन कतैबाट नभएपनि जिल्ला भित्रीनेसंख्या बढेसँगै जोखिम बढेको बताउनुभयो ।

आवत जावत देखि अन्य भीडभाड बढेपछि संक्रमणको जोखिम बढेको र आएका सबैलाई क्वारेन्टाइनमा बसाउन सक्ने क्षमता समेत स्थानीय तहको नभएकोले यसमा सोच्नु जरुरी रहेको अधिकृत पन्त भनाई छ । यस अघि बाजुराका विभिन्न स्थानिय तहमा बसेका ११७ जना भने क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् ।

हालसम्म १ हजार ७५ जनाको आरडीटी परिक्षण गरिएको छ भने १ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयसंग पत्थ्याङ्क रहेको छ । ती मध्ये २ जनाको आरडीटी पोजेटिभ, २ जनाको इरर आएपनि पिसिआरमा सबैको रिपोट नेगेटिभ आएको छ ।

१४ जनालाई एकान्त बासमा राख्यो,
जिल्लाको गौमुल गाउँपालिका घट्मुनाले १४ जना अलपत्र परेका आफ्ना नागरिकलाई उद्दार गरेर आफ्नै घरको एकान्तबासमा राखेको छ । भारतको गड्डाचौकी ब्रहमदेब पुल नजिकै कामको शिलशिलामा गएर अलपत्र परेका उनीहरुलाई उद्दार गरी आफ्नै घरको एकान्त बासमा करिव एक हप्ता सम्म बस्न गरी घर–घरमा पठाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ ।

गाउँपालिकाले गत पुसमा कामका खोजीमा भारत छिरेका स्थानीय लकडाउनका कारण सोही ठाउँमा अलपत्र परेका उनीहरुलाई उद्दार गरेर आफ्नै घर पुर्याएको छ । विश्वमा नै फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण उनीहरु १ महिनादेखि उनीहरु अलपत्र परेका हुन् ।
गत पुस २३ गते उनीहरु काम गर्नेका भारत पुगेका थिए ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–८ मा करिव १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरु सबैलाई एक हप्ता घरमा एकान्त बासमा बस्न गाउँपालिकाले अनुरोध गरेको उपाध्यक्ष सीता थापाले बताउनुभएको छ । उनीहरु सबैलाई गौमुल गाउँपालिकाले बस नै पठाएर उद्दार गरेको हो । उद्दार गरेका सबै जनालाई अनिवार्य आफ्नै घरको एकान्त बासमा बसेका छन् ।

भारतमा अलपत्र परेको अवस्थामा आफुहरुलाई गाउँपालिकाले उद्दार गरेको भन्दै एक हप्ता सम्म परिवारका कुनै सदस्यहरु संग घुलमिल नभई घरमै एकान्त बासमा बसेको स्थानीय सिरे चदाँराले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार