Breaking : बैतडीको सतबाँझ जीप दुर्घटना

  मूलधार सम्वादाता  338 पटक हेरिएको

बैतडी-  दशरथचन्द राजमार्ग अन्तर्गत आईतवार साँझ बैतडीको सतबाँझ– गोठलापानी सडकखण्डमा जीप दुर्घटनामा परेको छ । मुस्याचौर बजारवाट सतबाँझतर्फ गईरहेको ना १ ज ३१६८ नं जीप साँझ साढे ७ बजे बल्लेजुणामा दुर्घटनामा परेको हो ।

सडकवाट २०० मिटर तल खसेको र जीपमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

दशरथचन्द राजमार्ग अन्तर्गत आईतवार साँझ बैतडीको सतबाँझ– गोठलापानी सडकखण्डमा जीप दुर्घटनामा परेको छ । मुस्याचौर बजारवाट सतबाँझतर्फ गईरहेको ना १ ज ३१६८ नं जीप साँझ साढे ७ बजे बल्लेजुणामा दुर्घटनामा परेको हो ।

सडकवाट २०० मिटर तल खसेको र जीपमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार