मलाइ थाहा थिएन त्यो बेला (माता तिर्थ औासी)

  कविता  316 पटक हेरिएको

म जब सानो थिए,
त्यति बेला बुवाको भन्दा आमाको काख बढि पछ्याउँथे
किन थाहा छ आमा,,
मेरो भोकप्यास मेटाउने भएर होला ।
बुवा आफ्नै काममा ब्यस्त
आमा पनि ब्यस्त हुनुहुन्थ्यो तर,,
त्यो ब्यस्थतालाइ छिटो छिटो सकेर मेरो स्यहारमा खटिनुहुन्थ्यो ।
मलाइ थाहा थिएन त्यो बेला,,,,
तपाइको माया, ममता अनि त्यो त्यागलाइ,,
घरपरिवार आफ्नो सपना सबै भुलेर मैमा ठिक्क थियौ ।
आखिर सन्तानको निम्ती किन यति धेरै त्याग र बलिदान ।
त्यो त्याग बलिदानलाइ म बुझ्छु आमा आजकाल,,
कति महान लाग्छ मेरो आमा,,
कति प्यारो अनि राम्रो लाग्छ मेरो आमा,,
त्यसैले नि,
आज त्यो दिन सबैैको दिनभन्दा फरक दिन ।
आमालाइ सम्मान दिने, भरपुर साथ दिने ।
सबै दिन झै
मातातिर्थ औँसीको दिन बिशेष दिन आज ।
आमा म यहिकामना गर्छु तपाइको पाइलामा कहिल्यै ठेस नलागोस् ।
मखमली फुलझै फुलिरहोस्, चमेली फुलझै सुबास फैलिरहोस् ।।
सबै आमाहरुमा मातातिर्थ औँसीको शुभकामना ।
बिशेष मेरो आमालाइ ।
सरिता नेपाली । पत्रकार रेडियो बाजुरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार