लकडाउनमा तीन नायिकाको दैनिकी

  पत्रपत्रिका खबर  195 पटक हेरिएको

कोरोना भाइरसको प्रकोप विश्वभरि फैलिएको छ। भारतमा पनि कोराना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। त्यहाँ २१ दिनको लकडाउन समयावधि सकिएर सरकारले थप मे ३ तारिखसम्म लम्ब्याएको छ। बन्दाबन्दीमा बलिउड कलाकार आफ्नो घरको काम आफैँ गरिरहेका छन्। कोही कुचो लगाउँदै छन्, कोही भाँडा माझ्दै छन्। खाना पकाउन सिकिरहेका पनि छन्। घरभित्रै बस्नुपर्दा कतिपयले आफ्नो परिवारलाई सम्झिरहेका छन्।

अभिनेत्री दिशा पटानीले बेला–बेलामा आफ्नो इन्स्टाग्राममा हट फोटो र व्यायाम गरिरहेका तस्बिर सेयर गर्ने गरेकी छिन्। यस पटक भने उनले केही फरक भिडियो सेयर गरेकी छिन्। २१ दिनको लकडाउनमा घर बसेकी उनले मेकअप ट्युटोरियल सेयर गरेकी छिन्। त्यस भिडियोमा उनी आफूले समर पिंक ग्लो मेकअप कसरी गरेको भनेर बताइरहेकी छिन्। आफ्नो युट्युब च्यानलमा ट्युटोरियल सेयर गर्दै उनले लेखेकी छिन्– ‘लामो समयदेखि मेकअप ट्युटोरियल बनाउन चाहन्थेँ। यो मेरो पहिलो ट्युटोरियल भिडियो हो। र, मेरा लागि यो धेरै गाह्रो थियो।’

भिडियोमा उनको खुट्टाको नङमा नेल पोलिस राम्ररी लगाइएको देखिँदैन। ‘कृपया मेरा खुट्टातिर ध्यान नदिनुहोला,’ भिडयोमा उनले भनेकी छिन्, ‘सोसल डिस्ट्यान्स बनाइराख्न १० दिनयता घरमै छु। मसँग नेल पोलिस रिमुभर छैन। अर्को पटक अझै राम्रो भिडियो बनाउने प्रयास गर्नेछु।’दिशाले छ महिनाअघि युट्युब च्यानल सुरु गरेकी थिइन्। उनको च्यानलमा अहिलेसम्म १ लाख ६३ हजार सब्स्क्राइबर रहेका छन्। त्यसमा उनले डान्स, व्यायाम र सुटिङका भिडियो सेयर गर्ने गरेकी छिन्।

बुबा सम्झिँदै आलिया-बन्दाबन्दीमा घरमै समय बिताइरहेकी अभिनेत्री आलिया भट्टले आफ्ना बुबा महेश भट्टलाई धेरै सम्झिरहेकी छिन्। बुबालाई सम्झिरहेको कुरा उनले एउटा तस्बिरबाट व्यक्त गरेकी छिन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा बुबासँगको एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो सेयर गरेकी छिन्। जसमा उनले बुबालाई अँगालो हालेकी छिन्। उनले अरूलाई पनि सुझाव दिँदै लेखेकी छिन्– ‘घरमै बस्नुस्। बुबाको यादले सतायो भने पुराना तस्बिर हेर्नुस्।’

लकडाउनमा भावुक शिल्पा-हिजोआज अभिनेत्री शिल्पा सेट्टीलाई आफ्नो घरमा काम गर्नेहरूको यादले पिरोलिरहेको छ। हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो सेयर गरेकी थिइन्। जसमा उनी बगैँचामा कुचो लगाउँदै थिइन्। त्यसपछि उनले इन्स्टामा आफ्ना स्टाफका लागि भावुक पोस्ट लेखेकी थिइन्– ‘सहयोगी र कर्मचारीका कारण हाम्रो जीवन कति सजिलो भएको हुन्छ।

यो कुरा उनीहरू नहुँदा महसुस गर्न सकिन्छ। मेरो जीवन सजिलो बनाइदिएकोमा मेरा सहयोगी र कर्मचारीप्रति आभार व्यक्त गर्न चाहन्छु।’‘उनीहरूकै कारण हामीले घरबाहिर गएर आफ्ना सपना पूरा गर्ने अवसर पाउँछौँ,’ शिल्पाले थप लेखेकी छिन्, ‘इन्जोय गर्छौं। जीवन सामान्य भएपछि उनीहरूलाई हामीले भन्नुपर्छ– ‘हाम्रो जीवनमा उनीहरूको कति महत्त्व छ।’सम्पूर्णबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार