देउवाका मन्त्रीले गगन थापालाई बालक भनेर सम्बोधन गरेपछि….

  मूलधार सम्वादाता  340 पटक हेरिएको

काठमाडाैं-  भर्खरै सम्पन्न प्रदेश सभा र प्रतिनिध सभाको निवार्चनमा नेपाली काँग्रेसले नराम्रो संग हार व्यहोरेपछि पार्टी भित्र विभिन्न टिका टिप्पोणी चलिरहेका छन् ।

त्यतीमात्र होइन गुट उपगुटकाम नामममा पार्टी भित्र निकै तछाडमछाड भएको छ । कसैलाइृ कसैले होच्याउने काम पनी चल्न सुरु भएको छ ।  नेपाली कांग्रेसका नेता एवं वर्तमान सरकार वाणिज्यमन्त्री मीन विश्वकर्माले युवा नेता गगन थापालाई बालक भनेर सम्बोधन गरेका छन् ।

निर्वाचनमा पार्टीले ब्यहोरेको पराजयको आक्रोश सभापति शेरबहादुर देउवामाथि पोख्दै राजीनामा दिएर नेृतत्व हस्तान्तरण गर्नुपर्ने भनेपछि संस्थापन समूहबाट मन्त्री भएका विश्वकर्माले गगनलाई बालकको संज्ञा दिएका हुन् । ‘गगन थापाले पार्टी सभापतिको राजीनामा माग्नु केटाकेटीपन हो ।

यसरी उत्ताउलो बन्नु गलत हो, जसले बोल्यो त्यो उत्ताउलो र उच्छृङ्खल अभिव्यक्ति हो, युवाको अभिव्यक्ति थिएन, त्यो त बालक हो,’ उनले देउवाको बचाउ गर्दै भने ।

यद्यपी गगन थापाले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालेको उनको भनाई छ ।

त्यस्तै उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई लिएर केही युवा नेताहरुले नेतृत्वबाटै हटाउने भन्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा जवाफ दिँदै भने, ‘पार्टी भनेको कुनै एक अमुक व्यक्ति होईन, यो त संगठन हो, हाम्रो सभापति शेरबहादुर देउवा कसैले टिका लगाएर सभापति बन्नुभएको होईन, महाधिवेशनबाट निर्वाचित हुनुभएको हो ।’ उनले पार्टी सभापति देउवामाथिको टिप्पणी गर्नु नै मुर्खता भएको आरोप लगाए ।

उनले यो निर्वाचनमा पनि पार्टीको मत नघटेको उल्लेख गर्दै थपे, ‘उहाँको नेतृत्वमा बरु पार्टीको ईमेज वृद्धि भएको छ, प्रत्यक्षतर्फ ३५ प्रतिशत र समानुपातिकतर्फ ३३ प्रतिशत मत खसेको छ, गणितीय हिसावले हामी पछि परेका हौं, तर राजनीतिक हिसाबले हामी एक नम्बर पार्टी हौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार