मोडेल डेमीको कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने इच्छा

  एजेन्सी  165 पटक हेरिएको

मोडल डेमी रोजले सुपरहिरो बनेर कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने इच्छा व्यक्त गरेकी छन्। डेलीमेलको रिपोर्टअनुसार डेमी सेल्फ आइसोलेसनमा बसेर इन्स्टाग्राममार्फत प्रशंसकलाई आफ्ना तस्बिर र दैनिक गतिविधि सेयर गरिरहेकी छन्।

२५ वर्षीया यी मोडलले हालै आफ्नो एक सुन्दर तस्बिर पनि पोस्ट गरेकी छन्। यसमा उनले रातो पहिरनमा कपाल छोडेकी छन्। कोविड १९ महामारीबारे उनले लेखेकी छन्, ‘यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें ।’

लन्डनकी हट र सेक्सी मोडल डेमीका तस्बिर सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । उनका तस्बिरहरुले इन्टरनेटमा सनसनी मच्चाएका छन् । हलिउड मोडल डेमी रोज प्रायजसो आफ्नो नयाँ–नयाँ स्टाईलको कारण चर्चामा आईरहने गर्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार