जन्म दिनको खर्च जोगाएर बिपन्नलाइ सहयोग

  मूलधारपोष्ट  159 पटक हेरिएको

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका व्यापारी सुरेन्द्र नाथले जन्मदिनको अवसर पारी विपन्न परिवारलाई राहत सहयोग गरेका छन् । आफ्नो २८ औं जन्म दिनको अवसर गरिब तथा अति विपन्न ५ परिवारलाई राहत सहयोग गरेका हुन् ।
जन्म दिनको खर्च कटाएर बडिमालिका नगरपालिका –७, ८ र ९ मा बसोबास गर्ने ५ जना एकल महिला र एकल पुरुषलाई राहत सहयोग गरेको सुरेन्द्र नाथले बताएका छन् ।

नाथले सहयोग स्वरुप प्रति व्यतिmलाई १५ केजी चामल, २ केजी दाल १ पीस साबुन, ४ वटा माक्स र १ पोका खाने तेल सहयोग गरेका छन् । संकटको बेला विपन्नको घाउमा मलम लगाउन सानो भएपनि जन्म दिनको अवसरमा सहयोग गरेको नाथले बताएका छन् । राहत बडिमालिका नगरपालिकाका उप–प्रमुख कविता बिष्टले वितरण गर्नु भएको हो ।

पछिल्लो समयमा समाजमा जन्म दिनकै अवसर पारी फजुल खर्च गर्ने चलन रहेकोले उनीहरुका लागि समेत सिकाई हुने भन्दै नगर उपप्रमुख कविता विष्टले धन्यवाद दिएकी छन् ।

नाथ हाल सदरमुकाम मार्तडीमा रहेको बडालेख फेन्सी स्टोरका सञ्चालक तथा रेडियो पौरखीका सञ्चालक समिति सह–सचिव समेत हुन् । समाज सेवा प्रति लगाव रहेका नाथले यसअघि पनि सबैलाई सहयोग गदैं आएका छन् । हाल मार्तडी बजार व्यवस्थापन समितिका कोषाध्यक्ष समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार