नेविसंघ बाजुरा–काठमाण्डौ सम्पर्क समितिको समिक्षा बैठक सम्पन्न

  रामबहादुर दानी  602 पटक हेरिएको

काठमाडाैं-  नेपाली काँग्रेसले देशब्यापी रुपमा पराजय भोगेको अवस्थामा देशका प्राय सबै जिल्लाहरुमा पार्टी पराजयको कुरालाई समिक्षाको रुपमा लिएको पाईएको छ ।

यसरी नेपालमा बामगठबन्धन र अन्य कारक तत्व भएर देशब्यापी रुपमा पार्टीले पराजय भोग्नु परेको नेता तथा कार्य कर्ताहरुको भनाई रहेको छ ।

यसै क्रममा नेपाल बिद्यार्थी संघ बाजुरा–काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको समिक्षन कार्यक्रम शनिवार काठमाण्डौमा सम्पन्न भएको छ ।  ने.बि.संघ बाजुरा– काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष जगतगंङ्ग बमको अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रम अनौपचारिक रुपमा संचालन भएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डित,पुर्व भुमि सुधार सहायक मन्त्री एब. पूर्व सांसद जनकराज गिरी,महा.अधिबेशन प्रतिनिधी पदम शाही,नेपाली काँग्रेस बाजुराकी नेतृ बिद्या तिमिल्सेना,नेपाल बिद्यार्थी संघ केन्दिय सदस्य वीरेन्द्र गिरी,राहत शिक्षक केन्द्रिय समिति अध्यक्ष गोकुल बहादुर रोकाया, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व सचिब धनराज पण्डित लगायतका नेता तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अनौपचारिक कार्यक्रममा प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा नेपाली कांग्रेसले पराजय भोग्नु परेका तत्वहरु र आगामी पार्टी सुदृढिकरणका बिषयमा नेपाल बिद्यार्थी संघले खेल्नु पर्ने भुमिकाको बिषयमा बिषेश छलफल भएको हो । ने.बि.सं.बाजुरा–काठमाण्डौ सम्पर्क समिति उपाध्यक्ष दीनेश शाहीले संचालन गरेको अनौपचारिक समिक्षा कार्यक्रम बालमिकी बिद्या पिठ भृकुट्टी मण्डपमा सम्पन्न भएको हो ।

समिक्षा कार्यक्रममा बाजुरामा नेपाली काँग्रेसले पराजय भोग्नुको मुख्य कारक तत्व वाम गठबन्धनले फर्जिमत हाल्न देखि जनताको जनपतको अधिकारलाई हातामा लिएर जिल्लाका प्रायः बुध केन्द्रमा बुध क्याप्चर गरेर जनताको स्वतन्त्र मताधिकार प्रयोग नर्ग अवसरलाई खोसेकोले जनताहरुले आफ्नो मताधिकार खोसेर जित हात पारेकोले आगामी दिनमा यस्ता तत्वहरुलाई ने.बि.सं.ले खेल्नु पर्ने भुमिकाका विषयमा छलफल भएको हो ।

नेपाल बिद्यार्थी संघ बाजुर–काठमाण्डौ सम्पर्क समितिको आगामी अधिबेषनका बिषयमा पनि बिषेश छलफल भएको भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार