वडा अध्यक्षद्धारा वृद्धालाई सिरक सहयोग, सांसद लालबहादुर थापाद्धारा हस्तान्त्रण

  मूलधार सम्वादाता  588 पटक हेरिएको

वडा अध्यक्ष बिनोद विक द्धारा वृद्धालाई सहयोग गरिएको सिरक सांसद लालबहादुर थापा हस्तान्त्रण गर्दै

 बाजुरा-  बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकले आफ्नो पारिश्रमिकबाट तीन जनालाई सिरक सहयोग गरेका छन् । चिसो छल्न भन्दै सम्मान स्वरुप वडा भित्र बसोबास गर्ने २ जना वृद्ध र एक जना बस दुर्घटनामा परी घाईते भएका युवकलाई सहयोग गरेका हुन् ।

सहयोग स्वरुप प्रदान गरिएको सिरक प्रतिनिधि सभा सांसद लालबहादुर थापाले सम्बन्धीत व्यक्तिलाई हस्तान्त्रण गरेका छन् । जनतासँगको भेटघाटका क्रममा बडिमालिका ९ गैरी टोलको बस्तीमा पुगेका एमाले केन्द्रीय सदस्य समेत रहनु भएका सांसद थापाले औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरेका हुन् ।

सहयोग १०५ वर्षका वृद्धा धौली चदारा, प्यारालाइसिसका विरामी काशी ल्वार र सडक दुर्घटनामा घाईत भएका लालबहादुर विकलाई गरिएको हो । वृद्धवृद्धा र फरक क्षमता भएका व्यक्तिहरुलाई सम्मान गर्ने पार्टीको नीति अनुरुप नै सहयोग गरिएको अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।

ग्रामिण दलित कृषि सहकारी संस्था नामक सहकारी संस्थाले नवनिर्वाचित माननीयलाई बधाईका लागि औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । सहकारीका अध्यक्ष जयबहादुर ल्वारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि सांसद लालबहादुर थापा रहनु भएको थियो ।

कार्यक्रममा एमाले उपसचिव गगन रावल, सचिवालय सदस्य अमर खड्का, माओवादी जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र थापा, नगर संगठन कमिटी संयोजक मनबहादुर विक, दलित अगुवा काशी नेपाली मोहन नेपाली लगायतको सहभागिता रहेको थियो ।

लालबहादुर विकले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले जिल्लाको विकास र रुपान्तरणमा अवका पाँच वर्ष प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । जनताको पक्षमा काम गर्ने संकल्न गरि सबै सुख सयल छोडेर राजनीति रोजेको बताउँदै थापाले बाँकी जीवन जनताको हितमा बिताउने बताएका छन् ।

थापाले बडिमालिका नगरपालिकामा पितलले सुनको जलब लगाएर देखिन खोज्नु दुर्भाग्य भएको बताउँदै सुनलाई सुनै बनाएर छोड्ने उद्घोष गर्नु भएको छ । उहाँले समस्या संवोधन गर्नमा प्रतिवद्ध भई लाग्ने र सबैको साथ आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा एमाले उपसचिव गगन रावलले मार्तडी क्षेत्रको विकास एमालेको अगुवाईमा होस भन्ने जनताको चाहना पुरा गर्न निर्वाचित सांसद र पार्टी प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । उहाँले उत्पादनको समय मदिरा सेवन र आपसी विवादमा बिताउनु नै युवाहरुका लागि दुर्भाग्य हुने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार