कसैले त बताइदेउ आखिर भगवान को हुन,

  गजल  212 पटक हेरिएको

गजल
सपनाहरू मात्रै रहेछन् मालामालमा राखिएका
बाँकी सबै जिन्दगी हुन् अनिकालमा राखिएका

देखिरहने, हराइरहने, हामीलाई झुक्याइरहने
हाम्रै खुसीका तरगं थिए छालमा राखिएका

सिसा जस्तो यो आफ्नो निधार सम्झिदा लाग्छ,
ककसका निधार होलान पर्खालमा राखिएका?

कसैले त बताइदेउ आखिर भगवान को हुन,
मुर्तिमा सजाइएका कि टुँडालमा राखिएका?

बरु अभाव हुनु, गरिबी हुनु, आफू आफ्नै हुनु
पैसा जस्तो हुनु भन्दा जुवाखालमा राखिएका ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार