चामल बोकेर दुर्गम गाउँमा पुगे बिष्ट

  म‍ूलधारपोष्ट  161 पटक हेरिएको

बाजुरा । बयालपाटा अस्पताल अछामका बरिष्ठ सुचना अधिकृत दिपक विष्टले विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । समाज सेवामा सक्रिय विष्टले बुढीगंगा नगरपालिका ७ का ५० परिवारलाई खाद्यन्न सहयोग गरेका हुन् ।

कोरोनाको संक्रमण फैलिएको र लक डाउनले जनजीवन तड्पीरहेको अवस्थामा गाउँमा ५० परिवारलाई ३० केजीका दरल चामल सहयोग गरेका छन् । दैनिक श्रम गरेर गुजारा चलाउने घरपरिवारलाई राहत स्वरुप चामल बितरण गरेको बिष्टले बताएका छन् ।

विष्टले गाउँमै पुगेर १५ क्वीन्टल चामल वितरण गरेका हुन् । मानव सेवाको भावना सबैमा जागोस भन्ने उद्देश्य र सेवाका लागि सहयोग गरेको विष्टले बताएका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल बिष्टले यस अघि अनाथ बालबालिकालाई पनि सहयोग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार