निष्ठाको राजनीति गर्छु : सांसद थापा

  मूलधार सम्वादाता  619 पटक हेरिएको

नव निर्वाचित सांसद लाल बहादुर थापा

बाजुरा– प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले निष्ठाको राजनीति गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ । उपभोक्ता समितिको अध्यक्ष जस्तो, ठेकेदार निर्वाह गर्ने भूमिका जस्तो नियत देखाएर समाजमा विकासको गति दिन नसकिने भएको आचरण सुधार गर्न आग्रह गर्नु भएको छ ।

पूर्ण खोपयुक्त जिल्ला घोषणा समारोहलाई संवोधान गर्दै थापाले सबैको साझा प्रतिनिधि भएर निष्ठाको राजनीति गर्ने बताउनु भएको छ । उहाँले पूर्ण खोपयुक्त घोषणा कार्यक्रम सबैले खोप पाईसकेको र स्वास्थ्य सूचकमा आधार आएको सन्देश प्रवाह हुन आफैमा सुखद विषय भएकोले यसको निरन्तरता आवश्यक रहेको बताउनु भएको छ ।

बाजुरा सधै अभाव र भोकमरी, पीडा र समस्याको जिल्लाका रुपमा मात्र रहन नसक्ने भएकोले सबैले आ- आफ्नो क्षेत्रबाट सुधारका लागि पहल गर्न आग्रह गर्नु भएको छ । जिल्लाको विकास र हित नै आफ्नो पहिलो प्राथमिकताको विषय रहेकोले अबका पाँच वर्ष जनताको पक्षमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

जनतालाई प्रतिवद्धता गरेर मागेको मतको सम्मान गर्न इमान्दार भएर लाग्ने बताउँदै थापाले डर धम्कीको पछि नलागि जिल्लाको विकासमा इमान्दार हुन कर्मचारीलाई पनि आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार