इराकमा बेचिएकी चेलीलाई रवीले सुरक्षित अर्को ठाउमा पुर्याउन सहयोग गरे | यो सरकारलाई अब रबि संग लाज लाग्छ कि लाग्दैन ? भिडियो सहित

  मूलधार सम्वादाता  472 पटक हेरिएको

काठमाडाैं- दुवई जाने भनेर गएकी एक नेपाली युवती दलालको फन्दामा परी इराकमा बेचिन पुगिन । उनले त्यहाँबाट आफु छुट्नको लागी कुवेतको दुतावास र नेपालको परराष्ट्र मन्त्रालयलाई बारम्बार खबर गरीन । तर कसैले सुनेनन । अन्त्यमा उनले रबि लामिछानेको चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगमा स्काइप मार्फत फोन गरेर आफ्नो दुःख बिसाइन ।

धेरैलाई यही लागेको थियो , रबि ले यो काम कसरी गर्लान तर रबि ले २ दिनमै गरेर देखाइदिए । इराकको बाग्दादबाट उनलाई सुरक्षित ठाउमा सारीसकीएको छ । रबि को पहलमा २ दिन भित्रमै यो कठिन लाग्ने काम भैसकेको छ । अब यो सरकार लाई रबि लामिछानेसंग लाज लाग्छ कि लाग्दैन होला ? अलिकती अप्ठारो लाग्छ कि लाग्दैन होला ।

बारम्बार कुट्ने, गाली गर्ने, शरीरमा अनावश्यक स्पर्श गर्ने, बिरामी हुदा औषधी खान नदिने लगायतका उनका पिडा सुनेपछी पत्रकार रबि लामिछाने पनि आफुलाई सम्हान्न सकेका थिएनन । रबिले उनको कुरा सुनेपछी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो काम सजिलो थिएन । कारण, इराक सामान्य देश होइन । इराकमा नेपाली दुतावास पनि छैन ।

इराकमा आतंककारी संगठन आइसिसद्धारा दिनहु जस्तोे बम हमला, आतंक, हत्या र अपहरण भैरहन्छन । धेरैलाई लागेको थियो त्यस्तो देशमा बेचिएकी चेलीको उद्धार रबि लामिछानेले कसरी गर्लान ? तर बेचिएको थाहा भएको २ दिन बित्न नपाउदै रबिले ती चेलीको उद्धार गरेका छन ।

रबिले यति कठिन काम कसरी गर्न सफल भए ? उद्धार गरेपछी रबिले के भने ? जान्नको लागी कृपया तलको पुरा भिडियो हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार