पाैस २७ मा दियो सरकारले सार्वजनिक विदा,

  मूलधार सम्वादाता  353 पटक हेरिएको

काठमाडाैं-  सरकारले पुस २७ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दे उक्त दिन बिदा दिएको जनाएको छ ।

गृह मन्त्रालयको विज्ञप्तीमा भनिए अनुसार २०७४ पुष २७ गते विहिबारका दिन राष्ट्रिय एकता दिवस भएको हुदा विदा गरिने भनिएको छ ।

सो दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक विदा दिने भनी नेपाल सरकारबाट निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार