अन्तमा आएर राष्ट्रपतिद्धारा अध्यादेश प्रमाणीकरण,

  मूलधार सम्वादाता  332 पटक हेरिएको

काठमाडाैं-  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङले भेटे लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको हो । एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्किएको थियो ।

काँग्रेस नेतृृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो । तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध ग¥यो ।

अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन । तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि अध्यादेश जारी भएको छ । अब सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार