कोरोना भाइरसले युवा फुटबल प्रशिक्षकको निधन

  पत्रपत्रिका खबर  446 पटक हेरिएको

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो।

उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि मात्रै उनमा क्यान्सर पनि रहेको थाहा भएको थियो।उनलाई स्वासप्रस्वासमा समस्या भएको थियो । उनी अस्पताल गएपछि कोरोना भाइरस तथा निमोनियासँगै क्यान्सर पनि रहेको थाहा भएको थियो ।

उनको आइतबार अबेर निधन भएको हो।मालागामा कोरोना भाइरसका कारण निधन उनी कम उमेरका व्यक्ति हुन् । मालागामा कोरोनाका कारण मृत्यु भएका अरु चारजना ७० वर्ष भन्दा माथिको उमेरका छन् ।

कोरोना डरले सपिङमा एन्जोलिना ।
हलिउड अभिनेत्री एन्जोलिना जोलीलाई पनि कोरोना भाइरसले चिन्तित बनाएको छ। हालै एन्जोलिना आफ्नी छोरी विवियनका साथ सपिङ गर्दै भीडभाड बजारमा देखिइन्। हलिउड लाइफ वेभसाइटका अनुसार उनी कोरोना फैलिए घरमै थुनिनुपर्ने डरले आवश्यक सपिङ गर्दै छन्।

एन्जोलिना छोरीसँग लस एन्जलसस्थित ग्रोसरी सपमा लेजन्स नेचुरल फुड र भिटामिनलगायतका सामान किन्दै गरेको भेटिएकी थिइन्। फोटोग्राफरहरूले पछ्याउँदै गरेको तस्बिरमा आमाले छोरीको हातमा ग्रोसरीले भरिएको दुई ठूलो थैलो समातेकी छन्। विवियन, एन्जोलिना र नायक ब्राड पिटकी छोरी हुन्।

एन्जोलिना र ब्राड दम्पती सन् २०१६ मा सम्बन्धविच्छेद गरेका थिए।एन्जोलिनाका सबैभन्दा ठूला छोरा मेडक्स दक्षिण कोरियास्थित एक कलेजमा अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार