केपी अोलीलार्इ नै प्रम किन ?

  मीन बहादुर पण्डित  449 पटक हेरिएको

चीनले जनतालाई अधिकारमा भन्दा रोज़गारी र ब्यवसायमा ध्यान दिन्छ । त्यसैले त देश र जनता सम्पन्न हुदैछन । नेपालमा चाही रोज़गारीमा भन्दा अधिकारमा धेरै ध्यान दिएर होला देश र जनता कङ्गाल भै सके । अझै कती अधिकार दिनु छ दिए हुन्छ । सीधा- साधा र अशिक्षित जनतालाई जे भनिदिए पनी हुने रहेछ ।

लेखक : मीनबहादुर पण्डित

एउटा पार्टीले अधिकार दीने नाममा दश बर्ष जनयुद्ध लडेर भएको संरचना पनी तहस नहस बनायो । अझै बिप्लब र बैधेहरू एक भएर संघर्ष गर्ने उद्घोस गर्दैछन । यी देश र जनताका लागी लडेका पक्कै पनी होईंनन् । यी त नेपाल अस्तिर बनाउने बिदेसी शक्तिका गोट्टी मात्र हुन् ।

देशमा तानासाह भएपो संघर्ष !

देशमा पूर्ण प्रजातन्त्र छ, यस्तो स्थितिमा के को जनयुद्ध ?

के को संघर्ष ?

चुनावमा भाग लेउ, राम्रो काम गर्ने र ईमानदार ब्यक्तिलाई जनताले नजिताएको रेकर्ड छ र ?

जनतालाई अधिकार दीने अनि आर्थिक फाइदा चाही आफु लिने ?

यही हो प्रजातन्त्र र लोकतन्त्रको परिभाषा ?

यही हो राजनीति कर्मीको धर्म, कर्तव्य र उद्देश्य ?

राजनीतिक क्रान्ति पछी आर्थिक क्रान्ति चांहि चाहीदैन र ?

यदी सधै एउटा एउटा समुहले संघर्ष गरी रहने हो भने देशमा सांती र बिकास आउछ त ?

एदी कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने पनी अनेक बिरोध र बखेड़ा झिकेर भाड़न खोजनु नै प्रतिपक्षको कर्तव्य हो ?

रचनात्मक भूमिका निर्बाह नगर्नेहरू प्रतिपक्ष होईनन, देस र जनताका दुश्मन-पक्ष हुन । देशका धमिराहरू हुन । त्यसैले जनतालाई अधिकार दिएर मात्र पुगदैन , रोज़गारी र गरी खाने वातावरण पनी दिन सक्नु पर्दछ । एदी बिदेसमा रोज़गारी बन्द भयो भने ६० लाख युवा नेपाल फर्केर नेताहरूले कमाएको अकूत संपती लुटेर खानु पर्ने स्थिति नआवोस ।

गरी खाऊ र गरी खान देउ, अनि मात्र अधिकार दिएको अर्थ रहनेछ । काम धाम चांहि दिनु छैन, सधै अधिकार अधिकार भनेर हुंछ ?

यो चुनावमा काम नगर्ने र भ्रष्टहरूलाइ जनताले नराम्रो संग पाखा लगाए, तर पनी प्रतिक्रिया बादि सक़्तीहरू जालझेल र अनेक चल-खेल गरेर राजनीतिमा आफ्नो ठाऊ बनाऊँन खोज़दैछन । ख़बरदार राजनीतिक दलालहरू !

जसलार्इ जनताले सरकार बनाऊ भनेर म्यानडेट दिएका छन्, त्यसैलाइ सरकार बनाऊन देउ । नेपालमा कसको र क़स्तो सरकार बनाउने भनेर दिल्लीले तय गर्ने होईन, त्यसको अधिकार नेपाली जनतालार्इ हो र  त्यसको भोटले तय गर्ने हो । सार्बभोम राष्ट्रको परिभाषा पनी यही हो र सम्पन्न बन्ने बाटो पनी यही हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्री हुनु पर्ने आधार पनी यही हो । जनताले जे चाहेका छन् र त्यहि बूझ्ने नेताले चुनावमा  ज़ित्ने हो, । त्यो पनि भैसक्यो यसमा अरूले टाउको दुखाएर हुन्छ ? त्यसैले यो ५ वर्षसम्म केपी  शर्मा अोली नै प्रधानमन्त्री हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार