प्रेस युनियन बझाङका अध्यक्ष जाेशीद्वारा १७ जना संक्रमितलाई खाना तथा पत्रकार हित काेषमा सहयाेग

  मूलधारपाेष्ट  48 पटक हेरिएको

नेपाल प्रेस युनियन बझाङका अध्यक्ष रमानन्द जोशीले आफ्नो जन्म दिनको अबसरका जिल्ला अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमित र उनिहरुका कुरुवालाई खाना खुवाउनु भएको छ । आईतबार बिहान जोशीले जिलला अस्पतालमा रहेका १७ जना कोरोना संक्रमितहरुलाई खाना तथा अण्डा खुवाउनु भएको हो ।
कोरोना भाईरसको संक्रमण बढी रहेका बेला अस्पतालमा पुगेर जोशीले एक छाक खाना खुवाउनु भएको छ । जोशीले कोरोना संक्रमित लाई खाना खुवाए पछि उहाँलाई जिल्ला अस्पताल बझाङले धन्यबाद समेत दिएको छ । यसै बिच अध्यक्ष जोशीले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थापना गरेको पत्रकार हित कोषमा समेत ३ हजार जम्मा गर्नु भएको छ । पत्रकारलाई ठूलो समस्या पर्दा सहयोग गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ बझाङ शाखाले गएको महिना कोषको स्थापना गरेको थियो । पत्रकार हित कोष तथा कोरोना संक्रमतिलाई एक छाक खाना खुवाएर अध्यक्ष जोशीले पुण्ड कमाउनु भएको पत्रकार महासंघका अध्यक्ष शैलेन्द्र रोकायाले बताउनुभयो । यस्तो संकटको घडीमा कोरोना संक्रमितलाई आत्मबल बढ्ेकाले उहाँलाई धन्यबाद समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार