नेपाल र इराक बिचको फुटबल खेल सुरु (लाइभ सहित)

  मूलधारपोष्ट  301 पटक हेरिएको

नेपाल र इराक बिचको मैतिपुर्ण फुटबल खेल इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा सुरु भएको छ ।नेपालका दुई खेलाडीले डेब्यु गर्दैछन् । डिफेण्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले पहिलो पटक सिनियर टिममा खेल्न लागेका हुन् ।

यी दुईसहित ६ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । इराकविरुद्ध नेपाल ४–३–३ को फर्मेसनमा खेल्दैछ । जसमा गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन् भने डिफेन्समा गौतमसँगै रोहित चन्द, अनन्त तामाङ र सुमन अर्याल छन् । यस्तै मिडफिल्डमा मनिषसँगै पुजन उपरकोटी र सन्तोष तामाङ छन् । विङ्समा अन्जन विष्ट र सुमन लामा तथा स्ट्राइकरमा नवयुग श्रेष्ठ छन् ।

फिफा वरीयतामा इराक नेपालभन्दा १०३ औं स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । यता, नेपाल र इराकबीचको हालसम्मको नतिजा हेर्ने हो भने इराक हावी छ । नेपालले इराकसँग तीन खेल खेलेको छ । जसमा नेपाल पराजित छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली-किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास। हेर्नुस लाईभ भिडियो

गौतम श्रेष्ठ (डिफेन्डर)-गौतम श्रेष्ठले एनएसएलमा पोखरा थण्डर्सबाट खेलेका थिए । पछिल्लो पटक जाउलाखेल युथ क्लबबाट ए डिभिजन लिग खेलेका उनले एएफसी कप छनोटमा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए । यस्तै कीर्गिस्तानको यू-२३ टिम विरुद्ध मैत्रीपूर्ण खेल समेत खेलेका थिए ।

एनएसएलमा उनले पोखराका लागि ६ मध्ये ४ खेल खेले भने तीन खेलमा पूरा समय मैदानमा बिताए । एनएसएलअघि नै अलमुताइरीले ३२ जना छनोट गर्दा उनी बन्द प्रशिक्षणमा छनोट भएका थिए । पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनी बन्द प्रशिक्षणका लागि छनोट हुँदै टिममा पर्न सफल भए । राष्ट्रिय टिमका नियमित सदस्य रन्जित घिमाल र थ्री नेशन्समार्फत डेब्यु गरेका निशान खड्का टिममा नपर्दा गौतमले टिममा स्थान बनाए ।

मनिस डाँगी (मिडफिल्डर)-मिनस डाँगीले पनि एनएसएलमा विराटनगर सिटीबाटै खेले । दक्षिण कोरियामा खेल्दै चर्चा कमाएका उनले यसअघि सी डिभिजन लिग खेलेका थिए भने नेपालमा भएको साफ यू-१८ च्याम्पियनसमेत खेलेका थिए । विराटनगरले उनलाई हिँड्न ट्यालेन्टको रुपमा टिममा अनुबन्ध गरेको थियो र उनले मैदानमा पनि त्यही खालको प्रदर्शन देखाए ।

उनले एनएसएलमा विराटनगरका लागि लिगका सबै ६ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै खेलेका थिए । पहिलो रोजाईमा पर्न नसकेपनि उनले अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी अट्याकमा जुनसुकै पोजिसनमा समेत खेल्छन् भने बढी जसो विंगरको भूमिकामा खेल्छन् ।

उनले यसअघि खालीबारी फुटबल क्लबका लागि सी डिभिजन लिग खेलेका थिए र त्यहीबाट उनको चर्चा बढेको थियो । दक्षिण कोरियामा बस्दै आएका उनी नेपालमा नागरिकता बनाउन आएका बेला सी डिभिजन लिग खेलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार