गणतन्त्र दिवसको अवसरमा गाउँपालिका परिसर सरसफाई

  मूलधारपोष्ट  249 पटक हेरिएको

बाजुरा । जिल्लाको  गौमुल गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा गाउँपालिका परिसर लगायतका ठाउँमा सरसफाई गरिएको छ । आज १४ औँ, गणतन्त्र दिवस, देशमा गणतन्त्र स्थापना भएको आज १४ वर्ष पूरा भएको अवसरमा गाउँपालिकाको कार्यालय परिसर र बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर गणतन्त्र दिवस मनाईने संगै गाउँपालिकाले सरसफाई तथा अन्य खेलकुद कार्यक्रमको आयोजना गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि गाउँपालिका भित्रका जनप्रतिनिधि तथा कर्मचारीहरु बीच ब्याड्मिन्टन प्रतियोगीताको आयोजना गरिएको हो । गाउँपालिकाले बृहत सरसफाई कार्यक्रम तथा अन्य कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

औपचारिक कार्यक्रम नगरेपनि अन्य गतिविधिहरु सञ्चालन गरि दिवस मनाएको छ । साथै साँझ गाउँपालिकाले दिप प्रज्वलन सहित कार्यक्रम गणतन्त्र दिवस मनाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार