श्रीमानको मृत्युको खबर पछि श्रीमतीले गरिन आत्महत्या

  पत्रपत्रिकाखबर  124 पटक हेरिएको

कोरोना भाइरस तथा कोभिड १९को संक्रमणबाट श्रीमानको मृत्युको खबर पछि श्रीमतीले आत्महत्या गरेकी छन् । खप्तड छेडेदह गाउँपालिका ७ का सुरेश कठायतको कोरोनाका कारण डडेल्धरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबर पछि उनकी श्रीमती सरिता रावत बेपत्ता भएकी थिईन ।

बिहान ७ बजे बेपत्ता रावतको खोजी तलासी गर्दा साझ ६ बजे आत्महत्या गरेको अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अस्पतालमा उपचाररत कठाएतलाई भेन्टिलेटरको आवस्यता भए पछि जिल्ला अस्पताल बाजुराले जेठ २ गते डडेल्धुरा रिफर गरेको थियो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएसंगै निमोनियाले पनि देखा परेको स्वास्थ्यकर्मीले बताएका छन् । आत्महत्या गरेकी सरिता रावत कठायत को विस्तृत विरण आउन बाकि बाकिरहेको एक सा्रेतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार