मिर्गाैला पीडित पत्रकार धुब्र क्षेत्रीद्वारा सहयोगको अपील

  मूलधारपोष्ट  368 पटक हेरिएको

मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने रकमको अभावमा छटपटाइरहेका अछामका पत्रकार ध्रुव बिसी क्षेत्रीले सहयोगको अपील गरेका छन् । वैकल्पिक उपचार विधि अपनाउँदा एक वर्ष बितिसकेको र यसबीचमा १८ लाख रुपैयाँ सकिएपछि आफू निकै समस्यामा परेको क्षेत्रीले बताएका छन् ।

आर्थिक रुपमा आफू समस्यामा परेको र अब मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै उनले सहयोगीहरुबाट रकम सहायताको अपेक्षा गरेका छन् । उनले भनेका छन्, ‘जीवनको यो अन्तिम घडीमा एक पटक यहाँहरुबाट सहयोगको आश गरेको छु मलाई बचाउनु होस् ।’ उनलाई निम्न खातामा रकम पठाएर सहयोग गर्न सकिनेछ ।

उनले सार्वजनिक गरेको विवरण अनुसार ‘इसेवा आइडी ९८५११३०९६५’ वा नेपाल एसबीआई बैंकको भक्तपुर शाखामा रहेको ध्रुव बिसी नामको २०७१५२४१४०५६५४ वा कृषि विकास बैंकको मंगलसेन अछाममा रहेको ध्रुव बिसी नामको बैंक खाता ०८२२६०११०९८४४०२६ मा रहेको खातामा रकम पठाएर सहयोग गर्न सकिने भएको छ ।

आइएमइ ठेगाना :-
Name : Dhurba BC
address : Bhaktapur Nepal
citizen No : 691069/3507
(Achham Nepal)
Esewa ID : 9851130965

बैंक विवरण :-
(2) खाता नम्बर : 20715241405654
खाताको नाम : DHURBA B.C.
बैंक : Nepal SBI Bank Bhaktapur Nepal
(3) खाता नम्बर : 0822601109844026
खाताको नाम : DHURBA BC
बैंक : Agricultural development Bank Mangalsen

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार