आमाको मृत्यु र बुवाले अर्को बिहे गएपछि चार भाइबहिनी बिच्चलीमा

  मूलधारपोष्ट  101 पटक हेरिएको

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–२ माझिगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ । अलपत्र पर्नेमा ७ बर्षकि करुणा नेपाली, ६ बर्षकी कोपीला नेपाली, ४ बर्षकी स्माया नेपाली र ३ बर्षका धुुब्रराज नेपाली रहेका छन् । आमा रेखा दमाईको उपचारको क्रममा २ बर्ष पहिला भारतमा मृत्यु भएको थियो, भने बुवा बिनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाई छ ।

यतिबेला नाबालक चार जना दलित भाईबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्ना दमाईको संरक्षणमा रहेका छन् । आर्थिक अबस्था निकै कमजोर रहेको अर्जुन दमाईको परिवारलाई नाबालक नातिनातिनी पाल्न निकै समस्या भएको छ । गाँउभरी डुलेर अरुलाई मागेर नाति नातिनिहरुको पेट भर्ने काम गरेको बज्यै बिस्ना दमाईले रुदै बताईन् ।

कोरोनाको कहर बढेसँगै लकडाउनका कारण उनिहरुमा झनै समस्या थपेको छ । लकडाउन नहुनु पहिला ज्यालामजदुरी गरेर पाल्थे, अहिले भने गाउँभरी मागेर पाल्ने गरेको बाजे अर्जुन दमाइले बताएका छन् । सबै सानै छन्, जेठी करुणा गाउँकै सत्यवादी मावि कक्षा २ मा माइली कोपीला नेपाली कक्षा १ मा पढ्ने गरेकी छन्, बाँकी भने सानै रहेको बाजे अर्जुनले बताए । मागेर कति हुनु उनिहरुलाई राम्रोसँग खानसम्म प¥ुुयाउन नसकेको उनले बताए ।

अर्जुनको परिवारले माथिल्लो जातिको कामगरे बाफतको अन्नले केही दिनलाई खान पुुगेपनि अहिले भने परिवार पाल्न निकै समस्या भएको वताए । अरुले राम्रो लगाएको देखेपछि किनिदेउ भन्छन्, तर आफु सँग पैसा हुदैन्, अरु गाउँलेका लुुगाफाटा मागेर नातिनातिनिको शरिर छोप्ने गरेको उनले वताए । वडाध्यक्ष डम्मर महतले भने आफुहरुले पनि कहिलेकाहीँ खाद्यन्न मिलाउने गरीरहेका छ्रौ, यिनिहरुको पढाई त टाढाको बिषय हो छाक टार्न पनि समस्या भएको बताउनुभएको छ । यि साना वालवालिकाको सहयोगका लागि पहल गर्नका लागि आग्रह समेत गरेका छन् ।

बडिमालिका नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख केशरी रोकायाले भनिन्, त्यस्ता अलपत्र परेका बालवालिकालाई यो आर्थिक बर्षमा प्रति ब्यक्ति १ हजार सहयोग गरेको बताईन् । युनिसेफको सहयोगमा १ हजार सहयोग गरेका छौ, बाँकि नगरपालिकामा कोष स्थापना हुन लागेको त्यसपछि सहयोग गर्न सकिने रोकायाले बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार