वडाध्यक्ष विनोद विक लाई थप उपचारका लागि डडेल्धुरा रिफर

  मूलधारपोष्ट  204 पटक हेरिएको

बाजुराको बडीमालिका नगरपालिका वडा नं–९ का वडाध्यक्ष विनोदकुमार विक लाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ । अध्यक्ष विक लाई कोराेना देखिएको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

वडाध्यक्ष विक लाई अक्सिजन सहितको भ्यान्टिलेटरको आवश्यकता भएकाले जिल्लामा सम्भव नभएपछि डडेल्धुरा पठाएको जिल्ला अस्पताल बाजुराका कोरना सूचना अधिकारी चुडामणी पन्तले बताएका छन् । उनका अनुसार भ्यान्टिलेटर भएपनि काम नगर्ने र जनशक्ति अभावका कारण जिल्लामा उपचार सम्भव नभएकाले डडेल्धुरा रिफर गरेको पन्तले मालिका टुडेलाई जानकारी दिएका छन् ।

काेराेना संक्रमित वि क काे फोक्सोमा समस्या भएकाले थप उपचारका लागि जिल्ला बाहिर पठाएकाे अस्पतालले जनाएकाे छ । जिल्लामा दुई वटा आइसियु र वटा भ्यान्टिलेटर भएको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको भएपनि कार्यान्वयन नहुदा अध्यक्ष विक लाई रिफर गरिएको बुझिएको छ । जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयको दैनिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनमा २ भेन्टीलेटर र २ आइसियू भनेर उल्लेख गरिदै आएको भएपनि संचालनमा आएको छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार