एमाले नेता कमानसिंह लामाकाे निधन

  मूलधारपोष्ट  955 पटक हेरिएको

काठमाडौँ । नेकपा (एमाले)का नेता कमानसिंह लामाकाे निधन भएकाे छ । काेराेना संक्रमित भएपछि अस्पताल भर्ना हुनुभएकाे लामाकाे शुक्रबार निधन भएकाे हाे ।

उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि स्वयम्भूस्थित मनमाेहन अस्पतालमा भर्ना गरिएकाे थियाे । अस्पतालमा उपचारकै क्रममा उहाँको शुक्रबार निधन भएकाे उहाँको भन्जा समेत रहनुभएका एमाले नुवाकाेटका नेता वीरबल तामाङले जानकारी दिनुभयाे ।

विदुर नगरपालिकाका पूर्व मेयर रहनु भएका लामा केही महिनाअघिमात्र नेकपा हुँदै एमालेेमा प्रवेश गर्नुभएकाे थियाे । दैनिकीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार