डोटीमा निषेधाज्ञा

  मूलधारपोष्ट  144 पटक हेरिएको

डोटी । कोभिड १९ को संक्रमित हुने दर दिनहुँ बढ्दै गएपछि मंगलवार राति १२ बजेबाट लागू हुने गरी १० दिनका लागि डोटीमा निषेधाज्ञा लगाउने निर्णय भएको छ। कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले मंगलवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए।

पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा दिनहुँ संक्रमित बढ्दै जान थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ गतेयता जिल्लामा १७३ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण २ जनाको ज्यान गइसकेको छ। अहिलेसम्म जिल्लामा कोरोना संक्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्लामा सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरू सिधैं गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना संक्रमणको त्रास फैलिएको स्थानीय बताउँछन्।–रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार