संविधान सभा सदस्या चाैधरीको निधन

  पत्रपत्रिका खबर  60 पटक हेरिएको

कैलाली । कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । आज उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो।

तर एक्कसी स्वास्थ्यमा समस्या आएर दिउँसो रबनीको निधन भएको उनका श्रीमान मोतीलाल चौधरीले दिनेशखबरलाई बताए। जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार