फेरी अक्सिजन नपाएर भारतमा एक नेपालीको मृत्यु

  मूलधारपोष्ट  248 पटक हेरिएको

फेरी एक नेपालीको भारतमा मृत्यु भएको छ ।  सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्ष समेत रहेका मनोज भट्टको कारोना संक्रमणका कारण मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ। धनगढीको फुलबारी घर भएका भट्ट भारतको नयाँ दिल्लीमा काम गर्दै आएका थिए।

दिल्लीमा अक्सिजनको कमी भएपछि कञ्चनपुरमा रहेको महाकाली अस्पताल महेन्द्रनगर ल्याउदै गर्दा भारतको मुरादाबादमा मृत्यु भएको हो । सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले भारतका दर्जनौ अस्पतालमा भर्नाको लागि ठाउँ नपाउदा नेपाल ल्याउदै गर्दा मृत्यु भएको बताए ।

उनले भने, `केही दिनअघि कोरोना पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर दिल्लीमा अस्पताल नै खाली थिएनन् । उपचार नै नपाएर ज्यान गयो ।´

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार