हिंसा तथा दुव्र्यवाहार बाट बच्न आत्मरक्षा तालिम संञ्चालन

  मूलधारपोष्ट  179 पटक हेरिएको

बाजुरा । किशोेरी र महिला माथि हुने विभिन्न यौनजन्य हिंसा तथा दुव्र्यवाहार बाट बच्न आत्मरक्षा तालिम संञ्चालन भएको छ । पीसविन बाजुरा र बुढीगंगा नगरपालिकाको संयुक्त सहकार्य तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बुढीगंगा नगरपालिकाको विभिन्न वडाका २४० भन्दा बढी किसोरीहरुलाई लक्षित गरी नगरपालिकाको विभिन्न ठाउहरुमा आत्मरक्षा तालिम संञ्चालन भइराखेका छन् ।

बुढीगंगा नगरपालिकाको वडा नं. ४, ५, ७, ८, ९ र १० का किसोरीहरु सहभागि भई विभिन्न ठाउमा संञ्चालन भएका तालिम सम्पन्न भइसकेका छन् । त्यसै गरी नगरपालिकाको वडा नं. १, २ र ३ का किशोेरीहरुलाई लक्षित गरेर निरन्तर रुपमा तालिम संञ्चालन हुनेछ ।

समाजमा घटिरहेका हिंसा दुव्र्यबाहारका घटनाहरु र यसबाट महिलामा हुने सारीरिक, मानसिक, सम्वोगात्मक र सामाजिक असरलाई समेत कम गर्न यस तालिमले महत्वपुर्ण सहयोग गर्ने अपेक्षा लिईएको छ । नगरपालिकामा हुन सक्ने यौनजन्य अपराध, सारीरिक यातना तथा दुव्र्यबाहारबाट महिलालाई सुरक्षित गर्न र यस्ता अपराधका कारण हुनसक्ने अन्य असरलाई समेत न्युनिकरण गर्न किसोरी र बालिकाहरुलाई तालिम संञ्चालन गरीएको बारे कार्यक्रम संयोजक टेक बहादुर थापाले प्रष्ट पारेका छन् ।

बालिकाहरु तथा किशोरीहरुमाथि हुने जबरजस्तीकरणीलाई समेत यसले कम गदै यसैको कारण हुनसक्ने वाल विवाह र बहुविवाहलाई समेत केहिहद सम्म न्युनिकरणमा यस तालिमले सहयोग पुग्ने अपेक्षा गरेको छ । यस तालिमको कारण किसोरीहरु तथा महिलाहरुको आत्मबल बढेको छ भने उनिहरु मानसिक र सारीरिक रुपमा पनि यस्ता अपराधको प्रतिकारका निम्ति तयार भएका छन् । यस तालिमको प्रशिक्षण गुरुकुल सेकुरीटी सर्भिसेज धनगढीका ३ जना प्रशिक्षक ज्युहरुले प्रशिक्षण गरीरहनु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार