बालविवाह न्यूनीकरण सम्वन्धि एकदिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

  मूलधारपोष्ट  130 पटक हेरिएको

बाजुरा । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र पीसवीन बाजुराको सहजीकरणमा बुढीगंगा नगरपालिका ६ सायल टोलमा सोमबार एकदिने बालविवाह न्यूनीकरण सम्वन्धि अभिभावक शिक्षा तथा समुदायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बालविवाह सम्वन्धि समुदायको ज्ञान तथा बुझाइ, बालविवाहका कारण, कानुनी प्रावधान, बालविवाहका घटना व्यवस्थापन संयन्त्र, बालविवाह रोकथामका लागि समुदायमा गर्न सकिने रणनीति, बालविवाह रोकथाममा अभिभावक तथा समुदायको भुमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको हाे ।

कार्यक्रम पश्चात उपस्थित सवैले आआफ्ना बालबालिकाहरुको २० बर्ष उमेर पुरा नहुदै कसैले पनि बालविवाह नगरी दिने र आफ्नो टोल, समुदायमा पनि कसैको बाल विवाह हुन नदिने । यदि कदम कदापि कुनै पनि अभिभावकले २० बर्ष उमेर पुरा नभई आफ्ना बालबालिकाको विवाह गरेको खण्डमा त्यस्ता विवाहलाई सामाजिक बहिस्कार गर्ने, बाल विवाह विरुद्ध सबै अभिभावक तथा समुदाय मिलेर यो अभियानलाई सफल बनाउने र गाउँ, टोल, समुदाय हुँदै समग्र नगरलाई बाल विवाह मुक्त बनाउने भनीे पुर्ण प्रतिवद्धता जाहेर गरेका छन् ।

बुढीगंगा नगरपालिकाको बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ बमोजिम यस नगरपालिकालाई वि.सं. २०८० सम्ममा बालविवाह मुक्त नगर बनाउने अभियानलाई सफल बनाउन यस नगरपालिकाकाको विभिन्न टोल टोलमा बालविवाह न्यूनीकरण सम्वन्धि अभिभावक शिक्षा तथा समुदायसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरीरहेको पीसवीन बाजुराको सामुदायिक सहजकर्ता रामदेवी कटुवालले बताउनु भयो ।

वडा नं‌ ६ का वडा महिला सदस्य सीता थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा प्रतिनिधि, शिक्षक, नागरिक अगुवा तथा अभिभावकहरु गरी ५१ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा थप अभिभावक शिक्षा तथा समुदायसंग अन्तरक्रिया कार्यक्रमले समुदायमा हुने गरेको बालविवाहको वास्तविक अवस्था पहिचान, कारण र समाधानका उपायहरु अवलम्वन गर्नमा महत्वपूर्ण भुमिका निर्वाह हुने र समुदायका मानिस तथा अभिभावकहरुलाई बालविवाह न्यूनीकरण गर्नमा थप सचेत र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार