२७ वर्षको कलिलो यो उमेरमै सांसद

  मूलधार सम्वादाता  1764 पटक हेरिएको

काठमाडाैं-  राजनीतिमा कालो कपाल सेता बनाई सक्दा समेत धेरैले माथिल्लो तहको सफलता पाउन सक्दैनन् । अझ जिल्ला तहमा काम गर्ने नेता–कार्यकर्ताको राजनीतिक इतिहास खोज्दै जाने हो भने यस्ता उदाहरण धेरै पाउन सकिन्छ ।

मानिस छोटो समयमै राजनीतिमा सफल मात्र हुँदैनन्, निकै उचाइ समेत ग्रहण गर्छन् । यस्तै संयोग नेपाल मजदुर किसान पार्टीकी एक २७ वर्षीया नेत्तृ सिर्जना सैंजुलाई मिलेको छ ।

२७ वर्षीया सिर्जना सैंजुलाई नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर–३ को सांसद बनाएको छ । नेमकिपाले प्रदेश नम्बर–३ मा समानुपातिक तर्फ एक सिट मात्र प्राप्त गरेको थियो ।

नेमकिपाले बुधबार सैंजुलाई प्रदेश सांसद निर्वाचित गर्दै निर्वाचन आयोगलाई जानकारी दिएको हो । उनी हाल नेमकिपाको सेल कमिटीको उपाध्यक्ष छिन् । उनी नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य भईसकेकी छिन् । सिर्जना नेमकिपाको आस्था सांस्कृतिक परिवारको पूर्व अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार